डेनमार्कका प्रधानमन्त्रीमाथि आक्रमण, एक जना पक्राउ
काठमाडौं— डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ। उनको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ।
आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएको समाचारमा उल्लेख छ।
प्रधानमन्त्री कार्यालयका अनुसार शहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए।
डेनमार्क प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाको विवरण दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार कोपनहेगनको कल्चर भेटमा प्रधानमन्त्री मेटेलाई एक व्यक्तिले आक्रमण गरेका हुन्।’
आक्रमणकारी पक्राउ परेका छन्। आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर, आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१ ०८:१७