कुवेतका पूर्वप्रधानमन्त्री नयाँ युवराज घोषणासोमबार, जेठ २१, २०८१
केजरीवालले गरे तिहाड जेलमा आत्मसमर्पण आइतबार, जेठ २०, २०८१ २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन्।
भारतको अरुणाचल र सिक्किम विधानसभामा एनडीएलाई फराकिलो बहुमत आइतबार, जेठ २०, २०८१ भारतको उत्तरपूर्वी दुई राज्यहरू अरुणाचल प्रदेश र सिक्किम दुवै राज्यमा सत्तारुढ दलले भारी बहुमत ल्याउने देखिएको छ। अरुणाचल प्रदेशमा भाजपा नेतृत्वको एनडीए गठबन्धन अहिलेसम्म ६० मध्ये ४५ सिटमा अगाडि छ। त्यस्तै, सिक्किममा सत्तारुढ एसकेएम पार्टीले ३२ सिटमध्ये ३१ सिटमा अग्रता लिएको छ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट आइतबार, जेठ २०, २०८१ पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको छ। विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमले देखाएका छन्। यो ज्वालामुखीबाट यस वर्षको सुरुदेखि अहिलेसम्म भएका करिब १०० वटा विस्फोटको पछिल्लो घटना हो।
भारतमा अत्यधिक गर्मीका कारण निर्वाचनमा खटिएका ३३ कर्मचारीको मृत्यु आइतबार, जेठ २०, २०८१ भारतमा अत्यधिक गर्मीका कारण निर्वाचनको अन्तिम दिन अर्थात् जुन १ मा एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको छ। भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले बताए। एक दिनमा दर्जनौं कर्मचारीहरूको...
अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ? आइतबार, जेठ २०, २०८१ अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत अमेरिकी राष्ट्रपति बनेका छन्। न्यूयोर्क स्थित म्यानहट्टन अदालतले बिहीबार ट्रम्पलाई ३४ अपराधमा दोषी ठहर गरेको छ। अब यसको सजाय निर्धारण जुलाई ११ मा हुने बताइएको छ। उनीहरूले त्यसको विरुद्धमा पुनरावेदन गर्न पाउने छन् र निर्णय यथावत रहेमा पनि उनीहरूलाई...
केजरीवाल आज पुन: जेल जाँदै आइतबार, जेठ २०, २०८१ भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुन: जेल जाँदै छन् ।भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उनले सरेन्डर गर्नुपर्ने भएको छ ।
को बन्ला भारतमा नयाँ प्रधानमन्त्री? आइतबार, जेठ २०, २०८१ ४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो। १९ अप्रिलबाट सुरुभएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको हो। चुनावको नतिजा भने ४ जुनमा आउनेछ।विश्वकै ठूलो लोकतान्त्रिक देश भारतमा छिटफुट हिंसाका समाचार बाहेक सबैतिर शान्तिपूर्ण चुनाव भएको छ। सधैँभरि आतङ्कवादी आक्रमणको त्रासमा रहँदै आएको कश्मीरमा यसपटक सर्वाधिक मतदान...
भारतमा लोकसभाको अन्तिम चरणको मतदान सुरु, प्रधानमन्त्री मोदीको प्रतिस्पर्धी को? शनिबार, जेठ १९, २०८१ आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान सुरु भएको छ। यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन्। त्यस्तै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषाद सहित चार कलाकार पनि चुनावी मैदानमा रहेका छन्।
भारतमा गर्मीका कारण ३१ को मृत्यु शुक्रबार, जेठ १८, २०८१ भारतमा अत्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ। पूर्वी राज्य उडिसामा गर्मीका कारण १४ जनाको मृत्यु भएको अल इन्डिया रेडिओले जनाएको छ। चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीको लहरसँग सम्बन्धित हुन सक्ने बताएका छन्।
रुसले गर्यो २९ युक्रेनी ड्रोन नष्ट शुक्रबार, जेठ १८, २०८१ रूसी सेनाले दक्षिणी क्षेत्र क्रास्नोडारमा शुक्रबार रातिको समयमा २९ युक्रेनी ड्रोन नष्ट गरेको दाबाी गरेको छ। क्रास्नोडार क्षेत्रको हवाई रक्षा प्रणालीले २९ वटा ड्रोन र पाँचवटा नेप्च्युन एन्टी–शिप क्रुज मिसाइलहरू नष्ट गरेको वा प्रभावहिन तुल्याएको रूसको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
मोदीको ध्यान राजनीतिः पहिले उत्तरको केदारनाथ, अहिले दक्षिणको कन्याकुमारी शुक्रबार, जेठ १८, २०८१ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझदेखि तमिलनाडुस्थित कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ध्यान सुरु गरेका छन्। दुई महिनादेखि लोकसभा निर्वाचन अभियानको अगुवाई गरेका मोदीले अन्तिम मतदान अघि ध्यान गरेका छन्।नजिकैको तिरुवनन्तपुरमबाट हेलिकप्टर चढेर रक मेमोरियल पुगेका मोदी भगवती अम्मान मन्दिरमा पूजा गरेपछि ध्यानमा बसेका थिए। उनी भोलि अर्थात्...
यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल पक्राउ शुक्रबार, जेठ १८, २०८१ सयौँ महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन्। जर्मनबाट फर्किएर भारत आउँदै गरेका प्रज्ज्वललाई बैङ्ग्लोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी) ले पक्राउ गरेको हो। उनलाई शुक्रबार अदालतमा पेस गरिने भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।