News Griha :: न्यूजगृह
नोबेल शान्ति पुरस्कार विजेता बंगलादेशका मुहम्मद युनुसमाथि भ्रष्टाचारको आरोप  
तस्बिरः द हिन्दू

काठमाडौं— नोबेल शान्ति पुरस्कार विजेता बंगलादेशका मुहम्मद युनुससहित अन्य १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख अमेरिकी डलर अपचलन गरेको आरोपमा बुधबार उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो। 

युनुससहित १३ जनाले टेलिकम कम्पनीको श्रमिक कल्याण कोषबाट २० लाख अमेरिकी डलर अपचलन गरेको आरोप रहेको छ। 

उनले आफ्नो भ्रष्टाचारमा कुनै संलग्नता नरहेको दाबी गर्दै आइरहेका छन्। तर अभियोजन पक्षले भने प्रारम्भिक रूपमा कोषको दुरुपयोग र अवैध धन विदेशमा स्थानान्तरण गरेको दाबी गर्दै आइरहेका छन्। 

युनुसले बंगलादेशका हजारौँ व्यक्तिहरुलाई ऋणबाट मुक्त गरिदिए बापत सन् २००६ मा विश्वप्रतिष्ठित नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए। 

उक्त मुद्दाको सुनुवाइ आगामी जुलाई १५ बाट सुरु हुने बताइएको छ। 

युनुस एक प्रख्यात बंगलादेशी अर्थशास्त्री, बैंकर र सामाजिक उद्यमी मानिन्छन्।  माइक्रोफाइनान्सको क्षेत्रमा आफ्नो अग्रगामी कार्यका लागि विश्वव्यापी रूपमा परिचित छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १०:४४
Weather Update