भारतको खाद्य प्रशोधन कारखानामा आगलागी, तीनको मृत्यु, छ जना घाइतेशनिबार, जेठ २६, २०८१
मोदीको शपथ आइतबार, छिमेकी देशका नेताहरु सहभागी हुने शनिबार, जेठ २६, २०८१ मोदी यसअघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए। एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेस गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
डेनमार्कका प्रधानमन्त्रीमाथि आक्रमण, एक जना पक्राउ शनिबार, जेठ २६, २०८१ डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ। उनको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ।आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएको समाचारमा उल्लेख छ।
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त, शपथ आइतबार शुक्रबार, जेठ २५, २०८१ भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो।
मानहानि मुद्दामा राहुल गान्धीलाई अदालतले दियो जमानत शुक्रबार, जेठ २५, २०८१ भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीमाथिको मानहानीको मुद्दामा अदालतले जमानत दिएको छ। गान्धीले भारतका निर्वतमान प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा गान्धीविरुद्ध दायर गरिएको मानहानीको मुद्दामा आज अदालतले जमानत दिएको हो।
राहुल गान्धीको माग– मोदी र शाहले शेयर बजारमा गरेको टिप्पणी बारे संसदीय समितिले छानबिन गर्नुपर्छ शुक्रबार, जेठ २५, २०८१ राहुल गान्धीले शेयर बजारमा प्रधानमन्त्री मोदी र अमित शाहले गरेको दाबीका कारण ३० लाख करोड भारु नोक्सान भएको दाबी गर्दै संसदीय छानबिन समितिको माग गरेका छन्।
किसानविरुद्ध बोलेको भन्दै अभिनेत्री एवम् सांसद कङ्गनालाई थप्पड ! बिहीबार, जेठ २४, २०८१ कङ्गनाले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन्। कङ्गनालाई थप्पड हान्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ।
के अन्तर्राष्ट्रिय विद्यार्थी संख्या कटौती गर्दैछ अष्ट्रेलिया? बिहीबार, जेठ २४, २०८१ अष्ट्रेलियाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले चेतावनी दिएको छ।बुधबार एक शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का प्रमुख कार्यकारी ल्युक सिहीले आप्रवासन घटाउने प्रयासमा सरकारले खुला रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरिरहेको बताए।
मोदी फेरि एनडीएको नेता बिहीबार, जेठ २४, २०८१ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले नरेन्द्र मोदीलाई सर्वसम्मतिले आफ्नो नेता चयन गरेको छ। योसँगै मोदीले लगातार तेस्रोपटक प्रधानमन्त्री बनेर देशको कमान्ड सम्हाल्ने दिशामा अर्को कदम अगाडि बढाएका छन्।
प्रधानमन्त्री मोदीले दिए राजीनामा, जुन ८ मा तेस्रो कार्यकालका लागि शपथ लिने तयारी बुधबार, जेठ २३, २०८१ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजिनामा दिएका छन्। बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन्। राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।मोदी मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो। त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका...
अमेरिकी र्यापर तथा गायक कान्ये वेस्टविरुद्ध यौन दुर्व्यवहारको मुद्दा बुधबार, जेठ २३, २०८१ अमेरिकी मिडिया पर्सनालिटी किम कार्दासियनका पूर्व पति तथा अमेरिकी र्यापर तथा गायक कान्ये वेस्टविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। कान्येका पूर्व असिस्टेन्ट लरेन पिस्सिओटाले उनीविरुद्ध मुद्दा दर्ता गराएकी हुन्।
ताइवानको सीमा नजिकै देखिए २६ चिनियाँ लडाकु विमान र १० युद्धपोत बुधबार, जेठ २३, २०८१ ताइवानी सञ्चारमाध्यमका अनुसार २६ मध्ये १९ वटा लडाकु विमानले चीन र ताइवानबीचको सिमानालाई विभाजित गर्ने मध्य रेखा पार गरेका छन्। चीनको यो कदमलाई उत्तेजक कार्यको रुपमा व्याख्या गरिएको छ।
बेलुनमा फोहोर पठाएपछि दक्षिण कोरियाले खारेज गर्यो उत्तरसँगको शान्ति सम्झौता बुधबार, जेठ २३, २०८१ यद्यपि उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्ने बताएको छ। दक्षिण कोरियामा पछिल्लो समय पर्चा वितरण गर्ने जनताको अभियानबाट आक्रोशित उत्तर कोरियाले केही दिनयता फोहोरले भरिएको बेलुन छिमेकी मुलुकतर्फ उडाएको थियो।