बेलायतमा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीको लज्जास्पद हार हुने प्रक्षेपणशुक्रबार, असार १४, २०८१

बाइडेन–ट्रम्प आमनेसामने: के विषयमा भयो बहस? शुक्रबार, असार १४, २०८१ अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। यसै सन्दर्भमा पहिलो राष्ट्रपति बहस सम्पन्न भएको छ। यस बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच भएको हो। चार वर्षपछि फेरि दुवै नेता आमनेसामने भएका हुन्।

जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण बिहीबार, असार १३, २०८१ जापानका वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोवोटको विकास गरेका छन्। सेल रिपोर्ट्स फिजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा जापानी वैज्ञानिकले भनेका छन्, ‘उनीहरूले ‘जीवित छालाकोजस्तो आवरणसहितको रोवोट’ बनाउन ‘छाला बनाउने कोषले भरिएको जेल’ प्रयोग गरेका थिए।

पाकिस्तानमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु बुधबार, असार १२, २०८१ पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु भएको छ।

केन्यामा कर बढाउने विधेयकको विरोधमा संसद् भवनमा आक्रमण, प्रहरीको गोली लागि पाँच प्रदर्शनकारीको मृत्यु बुधबार, असार १२, २०८१ केन्यामा सरकारविरुद्ध प्रदर्शन भएको छ। आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त विधेयक ल्याउँदा संसद् भवनमा आक्रमण गर्न खोजेका थिए। सो क्रममा प्रहरीको गोली लागि पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ५० भन्दा बढी प्रदर्शनकारी घाइते छन्।

केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेश उच्च अदालतद्वारा खारेज मंगलबार, असार ११, २०८१ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानतलाई दिल्लीको उच्च अदालतले खारेज गरेको छ। दिल्लीको राउज एभिन्यू अदालतको फैसलालाई उल्टाउँदै उच्च अदालतले अरविन्द केजरीवालको जमानत खारेज गरेको छ। जुन २० मा दिल्लीको राउज एभिन्यू अदालतले यस मामिलामा अरविन्द केजरीवाललाई जमानत दिएको थियो।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे सेनाका शीर्ष कमान्डरलाई बर्खास्त मंगलबार, असार ११, २०८१ युक्रेनी सेनातर्फ भएको क्षतिका आधारमा सार्वजनिक रूपमा तीव्र आलोचना भएपछि राष्ट्रपति जेलेन्स्कीले लेफ्टिनेन्ट जनरल युरी सोडोललाई बर्खास्त गरेका हुन्। सोडोल यसै वर्षको सुरुवातमा युक्रेनी सैन्य बलको संयुक्त कमान्डर नियुक्त भएका थिए।

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासकाबीच इजरायलद्वारा गाजामा बम प्रहार मंगलबार, असार ११, २०८१ अमेरिकाले आफ्ना सहयोगीहरुलाई लेबनान सीमामा हिंसा बढ्न नदिन आग्रह गरेसँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको ‘तीव्र चरण’ समाप्त भइसकेको बताइरहेका बेला इजरायलले मंगलबार गाजामा पुनः बम प्रहार गरेको छ।

विकिलिक्सका संस्थापक असान्ज जेलबाट रिहा मंगलबार, असार ११, २०८१ ५२ वर्षीय अस्ट्रेलियन नागरिक असान्जमाथि अमेरिकाले राष्ट्रिय सुरक्षासँग जोडिएको दस्ताबेज चोरेको र सार्वजनिक गरेको आरोपमा मुद्दा हालेको थियो । सन् २०१० मा असान्जले इराक र अफगानिस्तानसँग जोडिएका कयौँ गोप्य अमेरिकी फाइलहरू सार्वजनिक गरेका थिए।
-1719225798.jpg)
दक्षिण कोरियामा ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० जनाको मृत्यु सोमबार, असार १०, २०८१ दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी २० जना बढी कामदारको मृत्यु भएको छ। आगलागी नियन्त्रकहरुका अनुसार घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको हो।

बिहीबार बाइडेन र ट्रम्पले चुनावी बहस गर्ने सोमबार, असार १०, २०८१ यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ। सन् २०२४ को अमेरिकी चुनाव २०२० को रेखामा राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने उच्च सम्भावना छ।

रुसको दागिस्तानमा आतंकवादी आक्रमण, पादरीसहित ९ जनाको मृत्यु सोमबार, असार १०, २०८१ सको दागिस्तानमा आतंकवादी समूहले दुई चर्च, एक प्रार्थनालयमा र एक प्रहरी पोस्टमा गरेको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ।एक पादरी, ६ प्रहरी र दुई सर्वसाधारणको ज्यान गएको सञ्चारमाध्यमले जनाएको छ।

जापानमा भूकम्प आइतबार, असार ९, २०८१ जापानको फुकुशिमाको तटीय क्षेत्रमा आइतबार ४.९ रेक्टर स्केलको भूकम्प गएको छ।