रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढी व्यक्तिको मृत्यु सोमबार, असार २४, २०८१

तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा सोमबार, असार २४, २०८१ दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन्।

फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्– प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौँ सोमबार, असार २४, २०८१ फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन्।हालै चार युरोपेली देश स्पेन, नर्वे, आयरल्याण्ड र स्लोभेनियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन्।

फ्रान्समा अप्रत्याशित नतिजा, वामपन्थी गठबन्धन बन्यो ठूलो दल सोमबार, असार २४, २०८१ फ्रान्सको संसदीय निर्वाचनको प्रारम्भिक परिणामले आश्चर्यजनक नतिजा दिने सम्भावना देखिएको छ। पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी नेशनल र्याली पार्टी पछिल्लो अनुमानमा आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको छ।

भारतको आसाममा बाढीबाट २३ लाख मानिस प्रभावित सोमबार, असार २४, २०८१ भारतको आसाममा अविरल वर्षासँगैको बाढीका कारण २३ लाख मानिस प्रभावित भएका छन्। बाढीका कारण २९ जिल्लाका ९८ गाउँ डुबानमा परेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

काश्मिरमा गोली हानाहान, आठ जनाको मृत्यु आइतबार, असार २३, २०८१ भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतङ्कवादी मारिएका छन्।काश्मिरका प्रहरी महानिरीक्षक विधि कुमार बिर्दीले विवादित क्षेत्रका अधिकारीहरूले कुलगाम जिल्लाका गाउँहरूमा ‘दुई छुट्टाछुट्टै सुरक्षा कारबाही’ गरिएको बताए।

अम्बानीको भव्य वैवाहिक कार्यक्रम र अतिथिबारे विश्वव्यापी चर्चा आइतबार, असार २३, २०८१ भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो छोराको भव्य विवाह गर्ने भएका छन्। गत मार्चमा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्ना छोराका लागि तीन दिने विवाहपूर्वको (प्रि–वेडिङ) पार्टी दिएका थिए। पार्टीमा पूर्व विश्व नेता, प्रविधि क्षेत्रका ख्यातिप्राप्त व्यक्ति र भारतीय सिने जगत् (बलिउड) का सुप्रसिद्ध कलाकारसहित एक हजार २००...

बाइडेनलाई राष्ट्रपति पदको उम्मेदवारी छोड्न चन्दादाताको दबाब आइतबार, असार २३, २०८१ अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आगामी राष्ट्रपति पदको उम्मेदवारी छोड्न दबाब बढिरहेको बेला उनले आफ्नो उम्मेदवार नछोड्ने जिकिर गरिरहेका छन्।

किअर स्टार्मर बने बेलायतको प्रधानमन्त्री शुक्रबार, असार २१, २०८१ लेबर पार्टीका नेता किअर स्टार्मर बेलायतको प्रधानमन्त्री बनेका छन्।भारी बहुमत प्राप्त गरेको लेबर पार्टीका नेता स्टार्मर बुधबार प्रधानमन्त्री नियुक्त भएको बीबीसीले जनाएको छ। १४ वर्ष सत्तामा रहेको कन्जर्भेटिभ पार्टीलाई पराजित गर्दै लेबरले भारी बहुमत प्राप्त गरेको छ।

हार स्वीकार गर्दै ऋषि सुनकले भने– बेलायतका जनताले सम्मानजनक निर्णय गरे शुक्रबार, असार २१, २०८१ उनले लेबर पार्टीका नेता किअर स्टार्मरलाई विजयको लागि बधाई दिएका छन्। उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन्। यसबाट धेरै कुरा सिक्न आवश्यक छ। हारको जिम्मेवारी लिन्छु। ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने जितेका छन्। सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ। मैले किअर स्टार्मरलाई...

बेलायतमा लेबर पार्टीलाई बहुमत, किअर स्टार्मर प्रधानमन्त्री बन्दै शुक्रबार, असार २१, २०८१ बेलायतमा झन्डै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्कने भएको छ। बिहीबार भएको आम चुनावको नतिजा आउने क्रम जारी छ। अहिलेसम्म घोषित परिणामअनुसार लेबर पार्टीले बहुमत ल्याइसकेको छ।

बेलायतमा सुनकको बिदाई निश्चित, लेबर पार्टी सत्तामा फर्किदै शुक्रबार, असार २१, २०८१ २०२० मा, किअर स्टार्मर लेबर पार्टीको अध्यक्षमा निर्वाचित भए। तर, स्टार्मर अध्यक्ष बनेपछि पार्टीले ८५ वर्षमा सबैभन्दा नराम्रो हार बेहोरेको थियो। उनले तत्कालै पार्टीलाई पुनः विजयी बनाउने आफ्नो मिसन घोषणा गरे । लेबर पार्टीलाई बेलायती राजनीतिको केन्द्रमा फर्काउने र मतदातालाई फराकिलो अपील गर्ने स्टार्मरको प्रयास सफल भएको देखिन्छ।

सुडानमा लडाइँबाट भाग्दै गर्दा डुबेर २५ जनाको मृत्यु शुक्रबार, असार २१, २०८१ ‘दक्षिणपूर्वी राज्य सेन्नारमा ब्लु नाइल नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा करिब २५ नागरिकको मृत्यु भएको छ। ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका छन्’ स्थानीय प्रतिरोध समितिले विज्ञप्तिमा भनेको छ।