गोली लागेका ट्रम्पको अवस्था कस्तो छ?आइतबार, असार ३०, २०८१

अमेरिकामा चुनावी र्यालीमा गोली चल्दा ट्रम्प घाइते आइतबार, असार ३०, २०८१ पेन्सिलभेनियामा चुनावी र्यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन्। शनिबार राति ट्रम्पको चुनावी र्याली चलिरहेका बेला गोली चलेको हो।

नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए, उद्धार हुँदै शनिबार, असार २९, २०८१ नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यसमा उपस्थित १०० जना पुरिएका छन्। स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ।

केजरीवाललाई सर्वोच्च अदालतबाट मिल्यो जमानत आदेश शुक्रबार, असार २८, २०८१ भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) द्वारा दर्ता गरिएको अन्तःशुल्क छुटसम्बन्धी नीतिसम्बन्धमा अन्तरिम जमानत आदेश दिएको छ।

पाकिस्तानमा रहेका ४४ हजार अफगानी अझै पनि पुनः स्थापनाको पर्खाइमा बिहीबार, असार २७, २०८१ तालिबान सत्तामा फर्किएपछि पश्चिमी मुलुकमा स्थानान्तरणका लागि स्वीकृत भएका कम्तीमा ४४ हजार अफगानी अझै पनि पाकिस्तानमा अलपत्र अवस्थामा रहेको पाइएको छ। सन् २०२१ को अगष्टमा नेटो समर्थित सरकार ढलेपछि काबुलबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई उद्धार गरिएको थियो।

प्राविधिक समस्याका कारण २ अन्तरिक्षयात्री अन्तरिक्षमै फसे बिहीबार, असार २७, २०८१ गत महिना नै पृथ्वीमा फर्कने गरी बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेका नासाका अन्तरिक्ष यात्री सुनीता ‘सुनी’ विलियम्स र ब्यारी ‘बुच’ विल्मोर केही हप्ता अगस्टसम्म अन्तरिक्षमा बस्नुपर्ने सम्भावना रहेको छ।

भारतको उत्तर प्रदेशमा वर्षाजन्य घटनाबाट २२ जनाको मृत्यु बिहीबार, असार २७, २०८१ केही दिनदेखिको अविरल वर्षाका कारण भारतको उत्तरप्रदेश राज्य लगायत अन्य स्थानको जनजीवन प्रभावित भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार वर्षाजन्य घटनामा परी उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

ट्राउजरमा लुकाएर १०४ वटा सर्प तस्करी गर्न खोजेपछि... बुधबार, असार २६, २०८१ चीनमा ट्राउजरमा लुकाएर एक सय भन्दा बढी जिउँदो सर्प तस्करी गर्न लागेको पाइएको छ।चीनको भन्सार प्रशासनले विज्ञप्ति जारी गर्दै एक सय चार वटा सर्प तस्करी गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ।
-1718355574.jpg)
युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली दिने बाइडेनको घोषणा बुधबार, असार २६, २०८१ अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दर्जनौं वायु रक्षा प्रणाली उपलब्ध गराउने घोषणा गरेका छन्। अमेरिकाको वासिङ्गटनमा जारी नेटो बैठकमा राष्ट्रपति बाइडेनले अमेरिका र अन्य चार पश्चिमी देशले हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने बताएका हुन्।

बाढीको असर भारतमा पनि उस्तैः मुम्बईको जनजीवन प्रभावित, विद्यालय बन्द मंगलबार, असार २५, २०८१ भारी वर्षापछि आएको बाढीका कारण भारतका धेरै शहरहरु प्रभावित भएका छन्।अविरल वर्षापछिको बाढीका कारण भारतको आर्थिक राजधानी मानिने मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको छ भने विश्वविद्यालयका परीक्षाहरु समेत स्थगित भएका छन्।

मोदीको रुस भ्रमण: रुसी सेनामा रहेका भारतीयलाई फिर्ता गर्न पुटिन सहमत मंगलबार, असार २५, २०८१ रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका लागि रुसी सेनामा समावेश भएका भारतीयहरूलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राष्ट्रपति भ्लादमिर पुटिनसँग आग्रह गरेका छन्। मिडिया रिपोर्टका अनुसार मोदीले सोमबार राष्ट्रपति पुटिनसँग यो मुद्दा उठाएका थिए। मोदीको प्रस्तावलाई पुटिनले स्वीकार गरेको बताइएको छ।

फ्रान्सको चुनावी नतिजाले सबै चकित मंगलबार, असार २५, २०८१ फ्रान्समा संसदीय निर्वाचनमा आश्चर्यजनक नतिजा आएको छ। यी नतिजाहरू कसैले अपेक्षा गरेका छैनन्। चुनावअघि फ्रान्समा दक्षिणपन्थी पार्टी नेशनल र्यालीले ठूलो जित दर्ता गर्न सक्ने केही मानिसहरूले विश्वास गरेका थिए। एक साताअघिसम्म यो पार्टी पहिलो चरणमा अगाडि थियो।

३ सय ४६ जनाको ज्यान जाने गरि भएको बोइङ ७३७ म्याक्स दुर्घटना प्रकरणमा कम्पनी दोषी ठहर मंगलबार, असार २५, २०८१ अमेरिकी विमान कम्पनी बोइङ ठगीको आरोपमा दोषी ठहर भएको छ। ब्लुमबर्ग रिपोर्टका अनुसार, अमेरिकी न्याय विभागले २०१८–२०१९ मा दुईवटा दुर्घटना पछि बोइङले कम्पनी सुधार गर्न गरिएको सम्झौताको उल्लङ्घन गरेको फेला पारेको बोइङले यस सम्बन्धमा २४३.६ मिलियन डलर जरिवाना तिर्न सहमत भएको छ।