News Griha :: न्यूजगृह
दक्षिणी रुसको तेल भण्डारण ट्याङ्कीमा ड्रोन आक्रमण
दक्षिणी रुसको तेल भण्डारण ट्याङ्कीमा ड्रोन आक्रमण गएराति दक्षिणी रुसको अजोभ शहर नजिकै तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण भएको छ। ड्रोन आक्रमणबाट त्यहाँ ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्। 
२४ वर्षपछि उत्तर कोरिया जाँदै पुटिन
२४ वर्षपछि उत्तर कोरिया जाँदै पुटिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्। पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा भेटवार्ता गर्ने भएका छन्।दुई नेताबीच गत वर्ष सेप्टेम्बरमा रुसी शहर भ्लादिभोस्टोकमा पनि भेट भएको थियो। सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो।
राहुल गान्धीले छोडेको वायनाड सिटबाट प्रियंका गान्धी चुनाव लड्ने
राहुल गान्धीले छोडेको वायनाड सिटबाट प्रियंका गान्धी चुनाव लड्ने कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिएका हुन्। यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो। अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनाव लडाउने भएको छ।
इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे ‘वार क्याबिनेट’ विघटन
इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे ‘वार क्याबिनेट’ विघटन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय ‘वार क्याबिनेट’ (युद्ध मन्त्रिपरिषद्) विघटनको घोषणा गरेका छन्। गाजामा युद्धको नेतृत्व गर्ने जिम्मेवारी दिइएको प्रभावशाली युद्ध मन्त्रिपरिषद्लाई नेतान्याहुले अप्रत्याशित रुपमा सोमबार भंग गरेका हुन्।     केही समय अघि मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले ‘वार क्याबिनेट’ छाडेपछि नेतान्याहुले यस्तो निर्णय...
अहिले कस्तो छ श्रीलङ्काको अर्थतन्त्र? 
अहिले कस्तो छ श्रीलङ्काको अर्थतन्त्र?  श्रीलङ्काले सोमबार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा सङ्कटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा धेरै बलियो बनेको जनाएको छ।
भारतको पश्चिम बंगालमा दुई रेल एकआपसमा ठोक्कियो, पाँच जनाको मृत्यु 
भारतको पश्चिम बंगालमा दुई रेल एकआपसमा ठोक्कियो, पाँच जनाको मृत्यु  भारतको पश्चिम बंगालमा मालबाहक रेलले यात्रुबाहक कञ्चनजंगा एक्सप्रेस रेललाई ठक्कर दिँदा कम्तीमा पाँच यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा परी २० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ।
रुसका दुई जेल कर्मचारीलाई आईएस कैदीले बनाए बन्धक
रुसका दुई जेल कर्मचारीलाई आईएस कैदीले बनाए बन्धक दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आईएस) का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार घोषणा गरेको छ। 
भारतको उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो नदीमा खस्दा १४ जनाको मृत्यु
भारतको उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो नदीमा खस्दा १४ जनाको मृत्यु भारतको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्। 
सम्बन्धविच्छेद गराइदिएको भन्दै पाकिस्तानमा प्रहरीले गरे दुई वकिलको हत्या
सम्बन्धविच्छेद गराइदिएको भन्दै पाकिस्तानमा प्रहरीले गरे दुई वकिलको हत्या गोली प्रहारबाट जिल्ला बार अटकका पूर्वअध्यक्ष इसरार अहमद र जुलिफिकार मिर्जाको मृत्यु भएको पाकिस्तानका सञ्चारमाध्यमले जनाएका छन्।
दक्षिणी गाजामा भएको विष्फोटमा ८ इजरायली सैनिकको मृत्यु
दक्षिणी गाजामा भएको विष्फोटमा ८ इजरायली सैनिकको मृत्यु इजरायल डिफेन्स फोर्सका अनुसार यी सबै सैनिकहरू नामर नामको आर्मर्ड कम्ब्याट इन्जिनियरिङ भेहिकल (सीईभी) भित्र भएका बेला शनिबार विस्फोट भएको थियो।
मोदी र मेलोनीको ‘सेल्फी २.०’ भाइरल 
मोदी र मेलोनीको ‘सेल्फी २.०’ भाइरल  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ।
मोदीको विदेश भ्रमण बारे किन भइरहेको छ चर्चा? 
मोदीको विदेश भ्रमण बारे किन भइरहेको छ चर्चा?  नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रीको तेस्रो कार्यकालको शपथ लिएको केही दिनमै इटाली पुगेपछि अहिले उनको विदेश भ्रमण मोहको चर्चा भइरहेको छ। मोदीले आफ्नो पछिल्लो दुई कार्यकालमा आफ्नो पहिलो भ्रमणका लागि सधैँ छिमेकी मुलुक रोजेका थिए। २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएपछि उनी विदेश भ्रमणमा नेपाल आएका थिए।
Weather Update