News Griha :: न्यूजगृह
ट्रम्पको बाचा- अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु 
ट्रम्पको बाचा- अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु  अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन्। एक पोडकास्टमा ट्रम्पले यो कदमले यी देशका प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा बस्न अनुमति दिने बताएका छन्।ट्रम्पलाई उनको आफ्नो सरकार गठन भएमा टेक कम्पनीहरूलाई विदेशी प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा राख्न के गर्नु हुन्छ भनेर सोधिएको थियो।
बङ्गलादेश र भारतबीच रेल कनेक्टिभिटी, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि सम्झौता
बङ्गलादेश र भारतबीच रेल कनेक्टिभिटी, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि सम्झौता बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना दुई दिने भ्रमणका लागि भारत पुगेकी छन्। शेख हसिना र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ।
महान फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन 
महान फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन  महान फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन भएको छ।  पेलेको निधन भएको १८ महिनापछि उनकी आमाको निधन भएको हो।
पुटिन—किम मित्रता, पालै पालो लक्जरी कार चलाए [तस्बिरसहित]
पुटिन—किम मित्रता, पालै पालो लक्जरी कार चलाए [तस्बिरसहित] रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनका भिडि‌‌ओ र तस्बिर अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भइरहेका छन् ।
केजरीवालको रिहाई फेरि अनिश्चित
केजरीवालको रिहाई फेरि अनिश्चित भारतको दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २/३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राखेको छ ।
पुटिन थप शक्तिशाली कि कमजोर? 
पुटिन थप शक्तिशाली कि कमजोर?  रूसी अर्धसैनिक बलका प्रमुख येभगेनी प्रिगोजिनले गत वर्ष आफ्ना वाग्नर भाडाका सैनिकलाई मस्कोतर्फ पठाएपछि राष्ट्रपति भ्लादिमिर पुटिन कमजोर भएको रूसी विश्लेषकले बताएका थिए। तर एक शताब्दीको लगभग एक चौथाई आफ्नो सत्तालाई सबैभन्दा गम्भीर चुनौती दिएको एक वर्ष नबित्दै नेता पुटिन अहिले पहिलेभन्दा बढी सुरक्षित देखिएको विश्लेषण हुन थालेको छ। 
अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिन कडाइ गर्दै अस्ट्रेलिया
अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिन कडाइ गर्दै अस्ट्रेलिया अस्ट्रेलियाले आफ्नो अध्यागमन व्यवस्थामा सुधार गर्ने नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिने प्रबन्धमा कडाइ गर्ने भएको छ । पर्यटक भिसालाई विद्यार्थीमा परिवर्तन गर्ने नीति बन्द गर्ने त्यहाँको अध्यागमन विभागले जनाएको छ । 
इजरायली हवाइ हमलामा हमासका कमान्डर मारिए
इजरायली हवाइ हमलामा हमासका कमान्डर मारिए इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेसनको नेतृत्व गर्ने र इजरायली सेनाहरू विरुद्ध आतङ्कवादी कार्यमा भूमिका खेल्ने अहमद अल-सवारकालाई सैन्य विमानले मारेको बताए। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार मध्य गाजापट्टी र दक्षिणी रफाह क्षेत्रमा काम गर्न जारी राखेका छन्। 
केजरीवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश 
केजरीवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश  भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई  राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्ने आदेश दिएको छ ।
के छ मस्को र प्योङयाङबीचको सात बुँदे सहमतिमा?  
के छ मस्को र प्योङयाङबीचको सात बुँदे सहमतिमा?   रुस र उत्तर कोरियाले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पार्न सक्ने तेस्रो देशहरूसँग कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङको राजकीय भ्रमणका क्रममा हस्ताक्षर भएको बृहत् रणनीतिक साझेदारीमा यस्तो सहमति भएको रुसी समाचार एजेन्सी तासले जनाएको छ।
भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु
भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु गत जुन १८ मा तामिलनाडुको कल्लाकुरिची जिल्लाको करुणापुरममा भएको घटनामा मारिने अधिकांश दैनिक ज्यालादारी मजदुर रहेको बताइएको छ । मदिरा सेवन गरेपछि राति अबेरसम्म यी व्यक्तिलाई झाडापखाला, वान्ता, पेट दुख्ने र आँखामा जलन हुन थालेको प्रहरीले बताएका छन् ।
उत्तर कोरियापछि भियतनाम पुगे पुटिन
उत्तर कोरियापछि भियतनाम पुगे पुटिन पुटिनलाई विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हा र कम्युनिष्ट पार्टी अफ भियतनाम (सीपीसी) केन्द्रीय समितिका प्रमुख ली होइ ट्रुङले स्वागत गरेका थिए ।
Weather Update