
काठमाडौं— रुस र उत्तर कोरियाले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पार्न सक्ने तेस्रो देशहरूसँग कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङको राजकीय भ्रमणका क्रममा हस्ताक्षर भएको बृहत् रणनीतिक साझेदारीमा यस्तो सहमति भएको रुसी समाचार एजेन्सी तासले जनाएको छ।
पुटिनको भ्रमणमा दुई देशले सात बुँदे सहमति जारी गर्दै कुनै पनि देश विरुद्ध आक्रामकताको अवस्थामा तत्काल पारस्परिक सहयोग प्रतिवध्दता पनि प्रकट गरेका छन्।
देशहरु विरुद्ध आक्रामकताको खतराको अवस्थामा, आफ्ना स्थानहरू समन्वय गर्ने उपायहरूमा सहमत भएका छन्।
त्यस्तै रुस र उत्तर कोरियाले द्विपक्षीय व्यापारलाई बढावा दिन र आर्थिक सहयोगका लागि अनुकूल अवस्था सिर्जना गर्ने प्रयास गर्ने भएका छन्।
त्यसैगरी मस्को र प्योङयाङ अन्तरिक्ष अन्वेषण, आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग, एआई, र आईटी क्षेत्रमा सहयोग विकास गर्न सहमति जनाएको बताइएको छ।
दुई देशले ‘विकृत सूचना र सूचना उत्तेजकहरू’ लाई रोक्न आमसञ्चारको क्षेत्रमा सहयोगलाई बलियो बनाउने पनि सहमति गरे।
साथै रसिया र उत्तर कोरियाले युद्ध रोक्न र शान्ति सुनिश्चित गर्न रक्षा क्षमतालाई बलियो बनाउन नयाँ उपायहरूको प्रणाली सिर्जना गर्ने सहमति गरेका छन्।