News Griha :: न्यूजगृह
महान फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन 

काठमाडौं— महान फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन भएको छ।  पेलेको निधन भएको १८ महिनापछि उनकी आमाको निधन भएको हो।

पेलेकी आमा सेलेस्ट अरानटेजको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ।

उनी पछिल्लो दुई वर्षदेखि कोमामा रहेकी थिइन् भने उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारेसमेत जानकारी थिएन।

उनी १७ वर्षको हुँदा १९४० अक्टोबर २३ मा पेलेलाई जन्म दिएकी थिइन्।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १०:३८
Weather Update