News Griha :: न्यूजगृह
गोली लागेका ट्रम्पको अवस्था कस्तो छ?

काठमाडौं— गोली लागेर घाइते भएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था सामान्य रहेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनको कानमा लागेको चोट त्यति गम्भीर नरहेको बताइएको छ।

नेपाली समयअनुसार आइतबार बिहान भएको गोली प्रहारबाट ट्रम्पको कान र अनुहारमा चोट लागेको छ। कानको भागमा रगत बढी आइरहेको तस्बिरमा देख्न सकिन्छ।

अमेरिकाको पेन्सिलभेनियामा भएको एक र्‍यालीमा उनीमाथि गोली प्रहार भएको हो।

ट्रम्पलाई सुरक्षा दिँदै सुरक्षाकर्मीले गाडीमा राखेका थिए। अनि नजिकैको अस्पतालमा लगिएको थियो।

गोली लागेर घाइते हुनका बाबजुद ट्रम्प मुठ्ठी उठाएर समर्थकको उत्साह भरिरहेका थिए। गोली प्रहारमा संलग्न एक पुरुष मारिएका छन्।

त्यस्तै अर्का एक सर्वसाधारणको पनि मृत्यु भएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०८:२७
समसामयिक
Weather Update