News Griha :: न्यूजगृह
भारतको उत्तर प्रदेशमा वर्षाजन्य घटनाबाट २२ जनाको मृत्यु
सांकेतिक तस्बिर

काठमाडौं— केही दिनदेखिको अविरल वर्षाका कारण भारतको उत्तरप्रदेश राज्य लगायत अन्य स्थानको जनजीवन प्रभावित भएको छ। 

भारतीय सञ्चार माध्यमका अनुसार वर्षाजन्य घटनामा परी उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ। 

राहत विभागका अधिकारीहरूका अनुसार अविरल वर्षाले नदीहरूको जलस्तर बढाउँदा राज्यका १२ जिल्लाका छ सयभन्दा बढी गाउँ जलमग्न भएका छन्।

बाढीले एक हजार एकडभन्दा बढी कृषि भूमि डुबानमा परेको छ भने आठ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। 

राहत र उद्धार टोलीले १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ।

मनसुनी  भारी वर्षाले भारतको उत्तरपूर्वी राज्य आसाममा पूर्ण बाढी बाहेक देशका धेरै राज्यमा जल तथा बाढीजन्य अवस्थाहरू निम्त्याएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १४:३०
समसामयिक
Weather Update