बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थनसोमबार, साउन ७, २०८१

बङ्गलादेशमा सर्वोच्च अदालतबाट आरक्षण कोटा खारेज, के आन्दोलन रोकिएला? आइतबार, साउन ६, २०८१ सर्वोच्च अदालतको फैसलापछि अब ९३ प्रतिशत सरकारी रोजगारीमा खुला प्रतिस्पर्धा हुनेछ। बाँकी ७ प्रतिशतमा मात्रै कोटा लागू हुनेछ। त्यसमध्ये ५ प्रतिशत कोटा स्वतन्त्रता सेनानीका सन्तानका लागि हुनेछ भने बाँकी २ प्रतिशत पछि परेका तथा अपाङ्गता लगायतका लागि छुट्याइने रोयटर्सले जनाएको छ।

मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी शनिबार, साउन ५, २०८१ मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हालेका छन्। उनी अर्बपति व्यापारी पनि हुन्।

बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्दै, देशभर कर्फ्यु, सेना परिचालनको तयारी शनिबार, साउन ५, २०८१ बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ। आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ।

किन चर्कियो बङ्गलादेशमा प्रदर्शन? शुक्रबार, साउन ४, २०८१ बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको छ।

प्रधानमन्त्री हसिनाको सम्बोधनपछि बङ्गलादेशमा झन् चर्कियो प्रदर्शन, २५ को मृत्यु शुक्रबार, साउन ४, २०८१ बिहीबार साँझदेखि बंगलादेशका अधिकांश अनलाइन मिडियाहरूमा समाचारसमेत पोस्ट भएका छैनन्। साथै टेलिभिजन च्यानलहरू पनि सामाजिक सञ्जाल र युट्युबमा प्रत्यक्ष प्रसारणमा छैनन्। अधिकांश बङ्गलादेशी टेलिभिजन च्यानलहरूले युट्युबमा प्रत्यक्ष प्रसारण गर्छन्।

इन्स्टा रिल्स बनाउँदा झरनामा खसेर युवतीको मृत्यु शुक्रबार, साउन ४, २०८१ प्रहरीले जुलाई १६ को बिहान ९ बजेतिर चिप्लो सडकका कारण अन्वीको खुट्टा चिप्लिएर झरनामा खसेको बताएको छ। घाइते अवस्थामा रहेकी अन्वीलाई करिब ६ घण्टापछि निकालिएको र तुरुन्त अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बङ्गलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु शुक्रबार, साउन ४, २०८१ स्थानीय मिडियाहरूले सयौँ मानिस घाइते भएको र आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन्। प्रदर्शन हिंसात्मक हुँदै गएपछि बङ्गलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ।

दुबईकी राजकुमारीको डिभोर्स बिहीबार, साउन ३, २०८१ दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानालाई तीन तलाक दिएकी छन्।

भारतमा आतंकवादी हमला, सेनाका क्याटेनसहित ४ जना मारिए मंगलबार, साउन १, २०८१ पछिल्लोपटक गएराति भएको आक्रमणमा सेनाका एक क्याप्टेनसहित ४ जनाको मृत्यु भएको छ। एक जना घाइते छन्। राष्ट्रिय राइफल्स र जम्मु–कश्मीरले जारी राखेको सर्च अपरेशनका क्रममा आतंकवादी आक्रमण भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

फ्रान्समा जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको मृत्यु आइतबार, असार ३०, २०८१ फ्रान्सको एक गाउँमा जन्मदिनको पार्टीमा एक व्यक्तिले गोली चलाउँदा बन्दुकधारीसहित चार जनाको मृत्यु भएको अधिकारीले बताएका छन्।क्लेरमोन्ट–फेरान्डबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मध्य फ्रान्सेली गाउँ एस्पिनासे–भोजेलमा २० वर्षीय एक युवक आफ्नो परिवारसँग आफ्नो जन्मदिन मनाइरहेका बेला ती व्यक्ति नजिकैको घरमा पुगेका थिए।

ट्रम्पमाथि गोली चलाउने युवकको पहिचान खुल्यो आइतबार, असार ३०, २०८१ अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने युवकको पहिचान खुलेको छ। संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई)ले ट्रम्पमाथि गोली चलाउने २० वर्षीय थोमस म्याथ्यु क्रुक रहेको जनाएको छ। चुनावी अभियानमा भाषण गरिरहेको अवस्थामा शनिबार साढे ६ बजे पेन्सिलभेनियाको बट्लरमा ट्रम्पमाथि गोली प्रहार भएको थियो।

उपनिर्वाचनमा मोदीलाई धक्का आइतबार, असार ३०, २०८१ भारतको सात राज्यमा १३ विधानसभा सिटमा भएको उपनिर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)लाई धक्का लागेको छ।