News Griha :: न्यूजगृह
बंगलादेश अपडेट: विपक्षी नेतृ खालिदा रिहा हुँदै, नोबेल पुरस्कार विजेताको नेतृत्वमा सरकार गठनको तयारी
बंगलादेश अपडेट: विपक्षी नेतृ खालिदा रिहा हुँदै, नोबेल पुरस्कार विजेताको नेतृत्वमा सरकार गठनको तयारी बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन्।बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन्।
बंगलादेशमा अन्तरिम सरकारको कसरत, युनुसलाई प्रधानमन्त्री बनाउन प्रस्ताव
बंगलादेशमा अन्तरिम सरकारको कसरत, युनुसलाई प्रधानमन्त्री बनाउन प्रस्ताव बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले तत्काल अन्तरिम सरकार गठन हुने र संसद् विघटन हुने बताएका छन्।गएराति विभिन्न देशका नेताहरुसँग छलफल पछि राष्ट्रपति शहाबुद्दीनले अन्तरिम सरकारले समयअगावै चुनाव गराउने प्रतिवद्धता गरेका छन्।
बंगलादेशको ढाका अन्तर्राष्ट्रिय विमानस्थल बन्द
बंगलादेशको ढाका अन्तर्राष्ट्रिय विमानस्थल बन्द प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएपछि धेरै मानिसहरु विमानस्थलमा जान थालेपछि सेनाले बन्द गरेको हो।
शेख हसिना अब राजनीतिमा नफर्किने
शेख हसिना अब राजनीतिमा नफर्किने प्रदर्शन चर्किएपछि देश छोडेर भागेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका छोरा सजिब वाजेद जोय आफ्नी आमा अत्यन्त  निराश रहेको र अब उनको राजनीतिमा पुनरागमन नहुने बताएका छन्।
भारतको त्रिपुरा पुगिन् बङ्गलादेशी प्रधानमन्त्री
भारतको त्रिपुरा पुगिन् बङ्गलादेशी प्रधानमन्त्री बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन्।अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन्। केहीबेर अघि उनी भारतको त्रिपुरा राज्य पुगेकी छन्।
बङ्गलादेशका प्रधानमन्त्रीको निवासमा लुटपाट
बङ्गलादेशका प्रधानमन्त्रीको निवासमा लुटपाट सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले बङ्गलादेशको ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा लुटपाट गरेका छन्। राजधानी ढाकामा प्रधानमन्त्री हसिनाको सरकारी निवासमा प्रदर्शनकारीले लुटपाट गरिरहेको दृश्य अहिले फुटेजमा देखिएको बीबीसीले उल्लेख गरेको छ।
बङ्गलादेशको शासनसत्ता सेनाको हातमा
बङ्गलादेशको शासनसत्ता सेनाको हातमा प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर मुलुक छाडे लगत्तै बङ्गलादेशका सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन्।‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ। हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग कुरा गर्नेछौँ ताकि स्थिति समाधान गर्न सकियोस्,' उनले भनेका...
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडिन्
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडिन् बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेर गएको खबरहरू आएका छन्।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, बीबीसी, अलजजिरा लगायतले स्थानीय मिडियालाई उदृत गर्दै हसिनाले राजीनामा दिएको समाचार लेखेका छन्। 
विद्यार्थीको प्रदर्शन : पछिल्लो २४ घण्टामा बङ्गलादेशमा ९७ जनाको मृत्यु
विद्यार्थीको प्रदर्शन : पछिल्लो २४ घण्टामा बङ्गलादेशमा ९७ जनाको मृत्यु बङ्गलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ।प्रदर्शन चर्किएपछि बङ्गलादेश सरकारले आइतबारदेखि देशभर कर्फ्युको घोषणा गरेको छ। बङ्गलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन्।
बङ्गलादेशमा पुन: आन्दोलन चर्काउँदै विद्यार्थी 
बङ्गलादेशमा पुन: आन्दोलन चर्काउँदै विद्यार्थी  बङ्गलादेशमा विद्यार्थीले पुन: आन्दोलन चर्काएका छन्। पछिल्लो पटक उनीहरूको 'एकसूत्रीय' माग नै सरकारको राजीनामा रहेको बङ्गलादेशका सञ्चारमाध्यमहरूले जनाएको छ।आन्दोलनका क्रममा मृत्यु भएका २ सयभन्दा बढी सहपाठीको न्यायका लागि भन्दै विद्यार्थीहरू पुन: सडकमा उत्रिएका हुन्।
इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथी
इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथी  बढ्दो तनावलाई मध्यनजर गर्दै अमेरिकाले मध्यपूर्वमा थप हतियार तैनाथ गर्ने निर्णय गरेको छ। अमेरिकी रक्षा विभाग पेन्टागनले उक्त क्षेत्रमा अमेरिकाले लडाकु जेट स्क्वाड्रन र विमानवाहक वाहक तैनाथ गर्ने जनाएको छ। उनीहरूको लक्ष्य इरानले आक्रमण गरेमा इजरायलको सुरक्षा गर्नु हुनेछ।
ह्यारिसलाई उम्मेदवार बन्न बहुमत डेमोक्रयाट प्रतिनिधिको सर्मथन
ह्यारिसलाई उम्मेदवार बन्न बहुमत डेमोक्रयाट प्रतिनिधिको सर्मथन अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ। उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेका छन्।ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताएकी छन्।
Weather Update