News Griha :: न्यूजगृह
बङ्गलादेशका प्रधानमन्त्रीको निवासमा लुटपाट

काठमाडौं— सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले बङ्गलादेशको ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा लुटपाट गरेका छन्।

प्रदर्शनकारीहरूले कुर्सी र सोफा बोकेको फुटेज देखिएका छन्।

राजधानी ढाकामा प्रधानमन्त्री हसिनाको सरकारी निवासमा प्रदर्शनकारीले लुटपाट गरिरहेको दृश्य अहिले फुटेजमा देखिएको बीबीसीले उल्लेख गरेको छ।

केही प्रदर्शनकारीले गणभवन निवासबाट कुर्सी सोफा बोकेर लगेको जस्तो देखिन्छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:१०
समसामयिक
Weather Update