News Griha :: न्यूजगृह
१७ महिना पछि रिहा हुँदै आम आदमी पार्टीका नेता मनिष सिसोदिया
१७ महिना पछि रिहा हुँदै आम आदमी पार्टीका नेता मनिष सिसोदिया गत अगस्ट ६ मा सर्वोच्च अदालतले मनिष सिसोदियाको जमानत याचिकामा आफ्नो फैसला सुरक्षित राखेको थियो। आज न्यायाधीश बीआर गवई र न्यायाधीश केवी विश्वनाथनको इजलासले उक्त फैसला सुनाएको हो।
बंगलादेशमा युनुस नेतृत्वमा अन्तरिम सरकार गठन, यस्तो छ १६ सदस्यीय मन्त्रिमण्डल
बंगलादेशमा युनुस नेतृत्वमा अन्तरिम सरकार गठन, यस्तो छ १६ सदस्यीय मन्त्रिमण्डल नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ खाएका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बंगलादेशको राजधानी ढाकास्थित राष्ट्रपति कार्यालय बंगभवनमा बिहीबार राति आयोजित समारोहबीच युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले अन्तरिम सरकार प्रमुखको शपथ खुवाएका हुन्।
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी बिहीबार दिउँसो दक्षिणी क्युशुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।
पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन
पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भारतीय कम्युनिस्ट नेता एवं पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ। कोलकातास्थित आफ्नै निवासमा भट्टाचार्यको बिहीबार बिहान निधन भएको हो। उनी ८० वर्षका थिए।
शेख  हसिनाकी छोरी भन्छिन्- दुखद घडीमा आमालाई अङ्गालो हाल्न पनि सकिन
शेख  हसिनाकी छोरी भन्छिन्- दुखद घडीमा आमालाई अङ्गालो हाल्न पनि सकिन बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरीले देशमा चर्को उथलपुथलका बीच पदबाट हटाइएपछि आफ्नी आमालाई भेट्न नपाएको पीडा व्यक्त गरेकी छन्।
इरानमा २९ जनालाई फाँसी
इरानमा २९ जनालाई फाँसी  इरानमा बुधबार २९ जनालाई मृत्युदण्ड दिइएको छ। २६ जनालाई तेहरान बाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा फाँसी दिइएको मिडिया रिपोर्टमा उल्लेख छ।
बंगलादेशको अन्तरिम सरकार प्रमुखले आज शपथ लिने
बंगलादेशको अन्तरिम सरकार प्रमुखले आज शपथ लिने आन्दोलनरत विद्यार्थीहरूको माग बमोजिम राष्ट्रपति मोहम्मद शहाबुद्धिनले संसद् भङ्ग गरेर नोबेल पुरस्कार विजेता डा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए। युनुस बिहीबार (आज) मात्रै बंगलादेश पुग्दै छन्। उनी निजि कामको सिलसिलामा फ्रान्समा थिए। 
ट्रम्पको हत्या गर्न षड्यन्त्र रचेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ
ट्रम्पको हत्या गर्न षड्यन्त्र रचेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न षड्यन्त्र रचेको आरोपमा इरानसँग सम्बन्ध रहेका एक पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको छ।
शेख हसिनाको मुस्किल बढ्दै, अमेरिकाको भिसा रद्द, बेलायतले शरण दिन आनाकानी
शेख हसिनाको मुस्किल बढ्दै, अमेरिकाको भिसा रद्द, बेलायतले शरण दिन आनाकानी शेख हसिनालाई अमेरिका र बेलायतले शरण दिन अस्वीकार गरेका छन्। मिडिया रिपोर्टका अनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरिदिएको छ। उनको सम्भावित अमेरिका भ्रमणलाई रोक्न भिसा रद्द गरेको मिडिया रिपोर्टमा दाबी गरिएको छ।
हसिनापछि बंगलादेशबाट दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ
हसिनापछि बंगलादेशबाट दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ  बंगलादेशका पूर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन्। उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलिस्टार मिडियाले उल्लेख गरेको छ।
शेख हसिनाका कट्टर विरोधी युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख
शेख हसिनाका कट्टर विरोधी युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्द युनुस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए। ‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरूले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए।
बंगलादेशको संसद् विघटन, अन्तरिम सरकार गठनको तयारी
बंगलादेशको संसद् विघटन, अन्तरिम सरकार गठनको तयारी राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ।
Weather Update