News Griha :: न्यूजगृह
बंगलादेशको संसद् विघटन, अन्तरिम सरकार गठनको तयारी

काठमाडौं— बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भङ्ग गरेका छन्।

राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा बीएनपी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको पनि उल्लेख छ। विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरुलाई रिहा गर्ने प्रक्रिया सुरु भइसकेको र धेरैलाई रिहा गर्ने पनि जनाइएको छ।

विद्यार्थीहरूले सैनिक नेतृत्वको सरकार मान्य नहुने बताइसकेका छन्। उनीहरुले नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई अघि सार्नुपर्ने माग गरेका छन्।

आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेपछि मुलुकलाई नयाँ दिशा दिनका लागि संसद् विघटन गरिएको हो। हसिना देश छोडेर भागेकी छन्। उनी अहिले भारतमा छिन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:५५
समसामयिक
Weather Update