बंगलादेशको राजनीति
हसिनापछि बंगलादेशबाट दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ
काठमाडौं— बंगलादेशका पूर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन्। उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलिस्टार मिडियाले उल्लेख गरेको छ।
उनलाई हजरत शाहजलाल इन्टरनेसनल एअरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरूले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ।
यसअघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो।
त्यस्तै शिक्षामन्त्री मोहिबुल हसन चौधरी र स्थानीय सरकारमन्त्री ताजुल इस्लामले भने देश छोड्न सफल भएको बताइएको छ।
त्यस्तै पूर्व अर्थमन्त्री, खेलकुदमन्त्री र ढाकाका मेयरले समेत बंगलादेश छोडेको बताइएको छ। मिडिया रिपोर्टका अनुसार कैयौँ मन्त्री, सांसद र हसिना नजिक राजनीतिक दलका नेता कार्यकर्ताले बंगलादेश छोडेको बताइएको छ।
सम्बन्धित समाचार
को हुन् बंगलादेशमा शेख हसिनालाई सत्ताच्यूत गराएका तीन विद्यार्थी नेता ?
शेख हसिनाको राजनीतिक उदयदेखि पतनसम्म
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ ०९:१५