News Griha :: न्यूजगृह
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं— जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पको केन्द्रबिन्दु जापानको क्युशु शहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ।

बिहीबार दिउँसो दक्षिणी क्युशुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।

भूकम्पको क्षति बारे विवरण आउन बाँकी छ। 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:३४
Weather Update