News Griha :: न्यूजगृह
१७ महिना पछि रिहा हुँदै आम आदमी पार्टीका नेता मनिष सिसोदिया

काठमाडौं— भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप) का नेता मनिष सिसोदियालाई कथित दिल्ली एक्साइज नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार र मनी  लाउन्डरिङ मुद्दामा जमानत दिएको छ।

गत अगस्ट ६ मा सर्वोच्च अदालतले मनिष सिसोदियाको जमानत याचिकामा आफ्नो फैसला सुरक्षित राखेको थियो। आज न्यायाधीश बीआर गवई र न्यायाधीश केवी विश्वनाथनको इजलासले उक्त फैसला सुनाएको हो।

फैसला सुनाउँदै सर्वोच्च अदालतले मनिषलाई लामो समयदेखि जेलमा राखिएको जनाएको थियो। कुनै पनि सजाय बिना कसैलाई पनि लामो समय जेलमा राख्न सकिदैन।

मनिषले तल्लो अदालत र त्यसपछि उच्च अदालत गएका थिए। त्यसपछि मात्रै सर्वोच्च अदालत आउनु पर्छ भनिएको थियो। उनले दुवै अदालतमा निवेदन दिएका थिए। त्यसपछि मनिषले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। पहिलो आदेश अनुसार ६ देखि ८ महिनाको म्याद सकिएको थियो।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १२:१३
समसामयिक
Weather Update