News Griha :: न्यूजगृह
शेख हसिना अब राजनीतिमा नफर्किने
तस्बिर: एएफपी/रासस

काठमाडौं— प्रदर्शन चर्किएपछि देश छोडेर भागेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका छोरा सजिब वाजेद जोय आफ्नी आमा अत्यन्त  निराश रहेको र अब उनको राजनीतिमा पुनरागमन नहुने बताएका छन्।

बीबीसी विश्वसेवासँग कुरा गर्दै उनले भनेका छन्, ‘आफ्नो सबै कडा परिश्रमपछि पनि अल्पसङ्ख्यक आफ्नो विरुद्धमा उठेकोमा उहाँ धेरै निराश हुनुहुन्छ।’

Sheikh-Hasina-1-1722870100.jpgप्रधानमन्त्रीका सल्लाहकार समेत रहेका वाजेदले हसिनाले हिजोदेखि राजीनामा दिने विचार गरिरहेकी थिइन्। उनले परिवारले आग्रह गरेपछि आफ्नै सुरक्षाको लागि देश छोडेकी बताएका छन्।

सत्तामा आफ्नी आमाको कामको बचाउ गर्दै उनले भनेका छन्, ‘उहाँले बंगलादेशलाई परिवर्तन गर्नुभएको थियो। उहाँले सत्ता हातमा लिँदा असफल र गरिब देश थियो। आज बंगलादेशलाई एसियाको बाघ मानिन्छ।’ 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २०:४७
Weather Update