News Griha :: न्यूजगृह
बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्दै, देशभर कर्फ्यु, सेना परिचालनको तयारी

काठमाडौं— बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ। आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ।

बङ्गलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको थियो। तर यो आन्दोलनले अहिले हिंसात्मक रूप लिएको छ।

BANGLADESH-UNREST-STUDENTS-1721446678.jpgराजधानी ढाकालगायत धेरै सहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठुलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ । प्रहरी र आन्दोलनकारीबिच धेरै ठाउँमा झडप भएको छ।

शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौँ कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको हो। सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताए। 

BANGLADESH-UNREST-STUDENTS-3-1721446676.jpgतस्बिरहरु: एएफपी

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०९:२३
समसामयिक
Weather Update