उपनिर्वाचनमा मोदीलाई धक्का
काठमाडौं— भारतको सात राज्यमा १३ विधानसभा सिटमा भएको उपनिर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)लाई धक्का लागेको छ।
१० जुलाईमा १३ विधानसभा सिटमा भएको निर्वाचनमा भारत गठबन्धनले १० सिट जितेको छ भने भाजपा नेतृत्वको एनडीएले मात्र दुई सिट जितेको छ।
एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
भारतीय गठबन्धनमा कांग्रेसले चार सिटमा जितको झण्डा फहराएको छ भने तृणमूल कांग्रेसले चार सिट, डीएमके र आम आदमी पार्टीले एक–एक सिट जितेका छन्।
पश्चिम बंगालका चारै सिट तृणमूल कांग्रेसले जितेको छ भने बिहारको रूपौली सिट स्वतन्त्र उम्मेदवार जितेका छन् ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१ १०:१३