News Griha :: न्यूजगृह
बङ्गलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

काठमाडौं—  आरक्षण विरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बङ्गलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भइसकेको छ।

स्थानीय मिडियाहरूले सयौँ मानिस घाइते भएको र आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन्। प्रदर्शन हिंसात्मक हुँदै गएपछि बङ्गलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ।

यसैबीच, बङ्गलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा बिहीबार दिउँसो प्रदर्शनकारीले आगजनी तथा तोडफोड गरेका छन्। आगलागी भएको छ। आगजनीका कारण बिटिभीको प्रसारण रोकिएको छ । 

गत जुन ५ मा रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो। अदालतको उक्त फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०८:३३
समसामयिक
Weather Update