News Griha :: न्यूजगृह
बाइडेन–ट्रम्प आमनेसामने: के विषयमा भयो बहस?

काठमाडौं— अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। यसै सन्दर्भमा पहिलो राष्ट्रपति बहस सम्पन्न भएको छ। यस बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच भएको हो। चार वर्षपछि फेरि दुवै नेता आमनेसामने भएका हुन्।

सीएनएनले गरेको यो टीभी बहस ९० मिनेटसम्म चलेको थियो। बहसको अन्त्यमा कसले वक्तव्य दिने भन्ने बारे टस गरिएको थियो र सो टस डोनाल्ड ट्रम्पले जितेका थिए। बहस अघि बाइडेन र ट्रम्पले हात मिलाउन अस्वीकार गरेका थिए भने बाइडेनले ट्रम्पलाई कस्तो छ भनेर सोधेको प्रश्नको जवाफ ट्रम्पले दिएका थिएनन्।

बहस बिभिन्न मुद्दामा भएको थियो। जसमा अवैध आप्रवासी, एभर्सन, इजरायल- हमास युद्ध, रुस युक्रेन युद्ध, रुस र चीन सम्बन्ध, बन्दुकबाट हुने अपराध, कर, महङ्गी, बेरोजगारी र जलवायु परिवर्तन जस्ता मुद्दामा बहस भएको थियो। बहसका क्रममा राष्ट्रपति बाइडेनको स्वास्थ्य ठिक नरहेको प्रष्ट देख्न सकिन्थ्यो। उनले बोल्न संघर्ष गरिरहेको टेलिभिजनमा देखिएको थियो।

बहसका क्रममा बाइडेनले ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको आरोप लगाएका थिए भने ट्रम्पले बाइडेन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्रपति भएको बताएका थिए।

यो बहस सीएनएनका एङ्कर जेक ट्यापर र डाना बासले सञ्चालन गरेका थिए। बहसका लागि केही नियम बनाइएको थियो। मुख्य प्रश्नको जवाफ दिन दुवैलाई २/२ मिनेटको समय दिइएको थियो भने आरोपहरूको प्रतिवाद गर्न एक/एक मिनेटको समय दिइएको थियो। एक उम्मेदवार बोल्दा अर्को उम्मेदवारको माइक अफ गरिएको थियो।

हेर्नुहोस् भिडिओ

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०८:४१
समसामयिक
Weather Update