News Griha :: न्यूजगृह
केन्यामा कर बढाउने विधेयकको विरोधमा संसद् भवनमा आक्रमण, प्रहरीको गोली लागि पाँच प्रदर्शनकारीको मृत्यु

काठमाडौं— केन्यामा सरकारविरुद्ध प्रदर्शन भएको छ। आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त विधेयक ल्याउँदा संसद् भवनमा आक्रमण गर्न खोजेका थिए। सो क्रममा प्रहरीको गोली लागि पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ५० भन्दा बढी प्रदर्शनकारी घाइते छन्। 

मंगलबार हजारौं प्रदर्शनकारीले कर वृद्धि सम्बन्धी विधेयक पारित गरिरहँदा बलपूर्वक संसद भवन भित्र प्रवेश गर्न खोजेका थिए। प्रदर्शनकारीलाई रोक्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि पछाडि नहटेपछि प्रहरीले गोली प्रहार गरेको रोयटर्सले जनाएको छ। 

वित्त विधेयक विरुद्ध संसद् भवन बाहिर प्रदर्शन गर्ने क्रममा संसद् भवनको केही भागमा प्रर्दशनकारीले आगो समेत लगाइदिएका थिए। संसद् भवनमा आक्रमण भएपछि प्रहरीले गोली चलाएको रोयटर्सले उल्लेख गरेको छ।

यस्तै, सांसदहरूलाई जमिनमुनिको सुरुङ मार्ग प्रयोग गरी सुरक्षित बाहिर निकालिएको थियो।

देशले चरम आर्थिक सङ्कटको सामना गरिरहेका बेला कर वृद्धि सम्बन्धी कानुन ल्याएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन्। विरोधका बीच सो विधेयक सदनबाट भने पारित भएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०९:२७
Weather Update