News Griha :: न्यूजगृह
दक्षिणी रुसको तेल भण्डारण ट्याङ्कीमा ड्रोन आक्रमण

काठमाडौं— गएराति दक्षिणी रुसको अजोभ शहर नजिकै तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण भएको छ। 

ड्रोन आक्रमणबाट त्यहाँ ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्। 

युक्रेनले उक्त आक्रमण आफ्नो संलग्नता नरहेको बताएपनि यसले विगतमा पनि रूसी ऊर्जा सुविधाहरूमा यस्तै आक्रमणहरू गर्दै आएको थियो। 

‘ड्रोन आक्रमणको परिणामस्वरूप अजोभमा तेल उत्पादन ट्याङ्कीहरूमा आगलागी भएर नष्ट भएका छन्। प्रारम्भिक तथ्याङ्कअनुसार कुनै हताहत भएको छैन,’ स्थानीय रोस्तोभ क्षेत्रका गभर्नर भासिली गोलुबेभले टेलिग्राममार्फत बताए। 

आपतकालीन मन्त्रालयले प्रकाशित गरेको भिडिओमा तेल भण्डारण ट्याङ्कीहरू राखिएको स्थानबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएको देखाइएको छ। 

आक्रमणमा कति ड्रोनहरू संलग्न थिए भन्ने जानकारीमा आएको छैन।

कम्तिमा ३२०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगलागी नियन्त्रण गर्न करिब २०० जना आगो नियन्त्रक र आपतकालीन कर्मचारीहरू तैनाथ गरिएको आपतकालीन मन्त्रालयले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १३:४८
Weather Update