तेस्रोपटक प्रधानमन्त्री बनेपछि आफ्नो निर्वाचन क्षेत्र वाराणसी पुगे मोदी

काठमाडौं— तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी मंगलबार आफ्नो निर्वाचन क्षेत्र वाराणसी (बनारस) मा पुगेका छन्।
दुर्ई दिने भ्रमण तय गरेर प्रधानमन्त्री बनेपछि पहिलोपटक आफ्नो संसदीय निर्वाचन क्षेत्र वाराणसी पुगेका हुन्।
मोदीले आजै त्यहाँका किसानहरुसँग भेट्ने र संवाद गर्ने कार्यक्रम रहेको छ।
यससँगै मोदीले त्यहाँ ‘प्रधानमन्त्री–किसान’ योजनाको १७औँ किस्ता जारी गर्ने भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ।
उक्त किस्ताअन्तर्गत ९ करोडभन्दा बढी किसानहरुलाई २० हजार करोड रुपैयाँ प्रदान गरिनेछ।
मोदीले वाराणसीको दशाश्वमेध घाटमा गंगा आरती हेर्ने र काशी विश्वनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।
मोदी हालैसम्पन्न भारतको लोकपथसभा निर्वाचनपछि तेस्रोपटक प्रधानमन्त्री बनेका हुन्।
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १७:४०