News Griha :: न्यूजगृह
इजरायलका प्रधानमन्त्री नेतान्याहुको अमेरिकाप्रति असन्तुष्टि, हतियार नदिएको आरोप

काठमाडौं—  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाले हतियार र गोला बारुद उपलब्ध नगरेको आरोप लगाएका छन्। नेतान्याहुले अमेरिकाले इजरायललाई हतियार र गोला बारुद पठाउन ढिला गरेको आरोप लगाएका हुन्।

उनले सुरुवातदेखि नै अमेरिकाले इजरायललाई दिएको समर्थनको कदर गरेको बताए।

बाइडेन प्रशासनले गाजामा सर्वसाधारणको हत्याप्रति चिन्ता व्यक्त गर्दै मे महिनादेखि हतियारको आपूर्तिमा ढिलाइ गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, ‘हामी धेरै मोर्चामा लडिरहेका छौं । दक्षिणमा हामी हमाससँग लडिरहेका छौं । हामीले हमासलाई समाप्त गरी बन्धकहरूलाई मुक्त नगरेसम्म लडाइँ जारी रहनेछ ।’  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ११:५९
Weather Update