News Griha :: न्यूजगृह
मस्कमाथि महिला कर्मचारीसँग यौन सम्बन्ध बनाएको आरोप 

काठमाडौं— एलन मस्कमाथि स्पेस–एक्समा काम गर्ने महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको आरोप लागेको छ। अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्टमा स्पेस–एक्स र टेस्ला मालिक मस्कले महिला कर्मचारीहरूलाई बच्चा जन्माउन दबाब दिएको उल्लेख छ।

तीनजना महिला कर्मचारीले मस्कमाथि यस्तो आरोप लगाएका हुन्। जसमध्ये दुईले मस्क र उनीहरूबीच यौन सम्बन्ध रहेको दाबी गरेका छन्। एक महिलाले मस्कले उनीसँग धेरै पटक आफ्नो बच्चा जन्माउने कुरा गरेको बताएकी छन्। यी मध्ये एक महिला स्पेस–एक्समा इन्टर्न थिइन्। 

मस्कसँग सन्तान जन्माउन नमान्दा तलब नदिइएको महिलाले बताएकी छन्। 

अर्कोतर्फ, मस्कका वकिलहरूले वाल स्ट्रिट जर्नलको रिपोर्टलाई अस्वीकार गरेका छन्। उनीहरु ले यो प्रतिवेदन झुटो भएको र यसमा झुटा आरोप लगाइएको बताएका छन्। यसबाहेक स्पेस–एक्सका अध्यक्ष ग्वेन शटवेलले पनि उक्त आरोपलाई झुटो भनेका छन्। 

वाल स्ट्रीट जर्नलले आफुहरुसँग पर्याप्त प्रमाण रहेको बताउदै आफ्नो प्रतिवेदनमा ४८ जनाभन्दा बढी व्यक्तिबाट प्रमाण रहेको बताएको छ। जसमा सन्देशहरू, इमेलहरू र अन्य कागजातहरू समावेश छन्।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०८:५३
Weather Update