काठमाडौं— बलिउड अभिनेत्री कङ्गना रनौतलाई चण्डीगढ एअरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन्।
कङ्गनाले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन्। कङ्गनालाई थप्पड हान्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ।
चुनाव जितेपछि कंगना रनौत बीजेपीको बैठकमा सहभागी हुन दिल्ली आउँदै थिइन्।
यो घटना बिहीबार दिउँसो भएको हो। एअरपोर्ट सेक्युरिटी चेकबाट निस्कँदै गर्दा महिला सिपाहीले कङ्गनाको गालामा थप्पड हानेकी थिइन्।
यस विषयमा कङ्गनाले उजुरी पनि दर्ता गराएकी छिन्। किसान आन्दोलनको विषयमा कङ्गनाले दिएको बयानका कारण सीआईएसएफ जवानले थप्पड हानेको रिपोर्टमा बताइएको छ।
कङ्गनालाई थप्पड हानेकी कुलविन्दरलाई नियन्त्रणमा लिइएको बताइएको छ।
कङ्गनाले हालै सम्पन्न लोकसभा चुनाव हिमाचल प्रदेशको मन्डीबाट भाजपाको तर्फबाट चुनाव जितेकी हुन्।