News Griha :: न्यूजगृह
भारतमा लोकसभाको अन्तिम चरणको मतदान सुरु, प्रधानमन्त्री मोदीको प्रतिस्पर्धी को? 

काठमाडौं— भारतको लोकसभा चुनावको सातौँ तथा अन्तिम चरणको मतदान सुरु भएको छ।

आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान सुरु भएको छ। यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन्। त्यस्तै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषाद सहित चार कलाकार पनि चुनावी मैदानमा रहेका छन्।

निर्वाचन आयोगका अनुसार सातौँ चरणको निर्वाचनमा ९०४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमध्ये ८०९ पुरुष र ९५ महिला उम्मेदवार छन्।

५४२ लोकसभा सीटहरूको छैटौँ चरणसम्म ४८५ सीटको लागि मतदान भइसकेको छ। जुन १ मा अन्तिम ५७ सिटमा मतदान हुनेछ।

अहिलेसम्म गुजरातको सुरतबाट बीजेपीका उम्मेदवार मुकेश दलाल निर्विरोध निर्वाचित भएकाले ५४२ सिटमा मात्रै मतदान भइरहेको छ।

यस चरणमा वाराणसी सबैभन्दा भीआईपी सिट हो। प्रधानमन्त्री मोदी विगत १० वर्षदेखि यहाँबाट सांसद छन्। उनी तेस्रो पटक ठूलो मतान्तरले जित्ने लक्ष्यमा छन्। यसपटक यहाँबाट प्रधानमन्त्री मोदीविरुद्ध ६ जना मात्र उम्मेदवारले प्रतिस्पर्धा गरेका छन्।

सुरुमा १४१ जनाले उम्मेदवारी दिएका थिए। मोदीविरुद्ध अजय राय कांग्रेस–सपा र भारतीय गठबन्धनबाट चुनाव लडिरहेका छन् तर पछिल्ला तीन चुनावमा उनी ठूलो मतान्तरले पराजित भएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०७:५६
Weather Update