केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गरिएको अपिल अदालतले गर्यो खारेजसोमबार, वैशाख ३१, २०८१

गाजामा तत्काल युद्धबिराम र बन्धकलाई रिहा गर्न गुटेरेसको आह्वान आइतबार, वैशाख ३०, २०८१ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आइतबार गाजामा इजराइल–हमास युद्ध, बन्धकहरूको फिर्ता र घेरामा परेको प्यालेस्टाइन क्षेत्रमा मानवीय सहायतामा ‘वृद्धि’ तुरुन्त रोक्न आग्रह गरेका छन्।

जेलबाट रिहा भए केजरीवाल शुक्रबार, वैशाख २८, २०८१ सर्वोच्च अदालतले मनी लाउन्डरिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको थियो। न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो। उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो।

भ्रष्टाचार आरोपमा पक्राउ परेका केजरीवाल अन्तरिम जमानतमा रिहा शुक्रबार, वैशाख २८, २०८१ भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ।

माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता शुक्रबार, वैशाख २८, २०८१ भारतले माल्दिभ्सबाट निर्धारित समयभन्दा पहिले नै आफ्ना सबै सेना फिर्ता गरेको छ। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको सरकारले भारतीय सैनिक फिर्ताको लागि १० मेसम्मको समयसीमा तोकेको थियो। गत वर्षको राष्ट्रपति चुनाव अभियानमा मुइज्जुको मुख्य वाचा माल्दिभ्समा तैनाथ ९० भारतीय सैनिकलाई फिर्ता पठाउने थियो।
-1715316992.jpg)
जलवायु परिवर्तनको असर– बरफमा परिणत हुँदैछन् हिमनदी शुक्रबार, वैशाख २८, २०८१ भेनेजुएला आफ्ना सबै हिमनदीहरू गुमाउने अवस्थामा पुगेको छ। जलवायु वैज्ञानिकहरूले आफ्नो अन्तिम हिमनदीहरूलाई बरफ क्षेत्रमा परिणत हुन थालेको बताएका छन्। इन्टरनेशनल क्रायोस्फियर क्लाइमेट इनिसिएटिभ (आइसीसीआई), वैज्ञानिक वकालत गर्ने संस्थाले दक्षिण अमेरिकी राष्ट्रको एकमात्र बाँकी रहेको हिमनदी ‘हम्बोल्ट’ ‘ग्लेशियरको रूपमा वर्गीकृत गर्न धेरै सानो’ भएको छ।
-1715252727.jpg)
लाहोर एअरपोर्टमा आगलागी बिहीबार, वैशाख २७, २०८१ पाकिस्तानको लाहोर विमानस्थलको लाउन्ज क्षेत्रमा आगलागी हुँदा हज यात्रासहित धेरै अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध छ। आपतकालिन उद्दारकर्ताहरुको सहयोगमा मानिसहरूको द्रुत उद्दारले मानवीय क्षति नभएको जनाइएको छ। यद्यपि अध्यागमन काउन्टरको छतबाट लागेको आगोले त्यस क्षेत्र धुवाँले भरिँदा यात्रुहरूलाई बाहिर निकाल्न कठिन भएको थियो।

चालक दलका सदस्य बिरामी भएपछि एअर इन्डियाका ७० उडान रद्द बुधबार, वैशाख २६, २०८१ बुधबार एअर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू रद्द भएका छन्। एअर इण्डियाका वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द भएका हुन्।एअर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ। लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका...

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्या योजना असफल, सेनाका दुई कर्णेल पक्राउ बुधबार, वैशाख २६, २०८१ माइकोलाइभको दक्षिण युक्रेन क्षेत्रका एक महिलालाई जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा गत अगस्ट २०२३ मा पक्राउ गरिएको थियो। उनलाई मार्नको लागि रूसी हवाई हमलाको योजना बनाउन माइकोलाइभको नियोजित भ्रमणको बारेमा गुप्तचर सङ्कलन गरेको आरोप थियो।

रफाह सीमा इजरायलको कब्जामा बुधबार, वैशाख २६, २०८१ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको पछिल्लो युद्धविराम प्रस्तावले इजरायलको आवश्यक मागलाई विचार नगरेको बताएका छन्। उनले बन्धकहरूलाई फिर्ता गर्न गाजामा धेरै सैन्य दबाब रहेको बताए। इजरायलका रक्षामन्त्री योभ गालान्टले बन्धकहरूलाई मुक्त गर्ने वार्ता असफल भएमा रफाहमा कडा सैन्य आक्रमण गर्ने बताएका छन् ।

केजरीवालले अझै पाएनन् जमानत मंगलबार, वैशाख २५, २०८१ सर्वोच्चले केजरीवाल वर्तमान मुख्यमन्त्री रहेको र जमानत दिएमा उनले सरकारको काममा हस्तक्षेप गर्ने बताउँदै यस विषयमा थप बहस आवश्यक भएको बताएको हो। साथै सर्वोच्चले अहिले निर्वाचन नभएको भए अन्तरिम जमानतको प्रश्न नउठ्ने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु मंगलबार, वैशाख २५, २०८१ इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ। इजरायली सेनाले रफाहमा हमासविरुद्ध लक्षित आक्रमण गरिरहेको हो।

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव मंगलबार, वैशाख २५, २०८१ यस अवधिमा, हमासले बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने विषय समावेश रहेको छ। हमासले एक विज्ञप्ति जारी गर्दै युद्ध विरामको प्रस्ताव स्वीकार गर्न सहमत भएको बताएको थियो। बयान बाहिर आउने बित्तिकै प्यालेस्टिनीहरूले रफाह वरपरका शिविरहरूमा खुशी व्यक्त गरेका थिए।