डेनमार्कमा गर्भपतन सम्बन्धी कानुन खुकुलो बनाइयो, १८ हप्तासम्मको गर्भ पतन गराउन पाउनेशनिबार, वैशाख २२, २०८१

विश्व प्रेस स्वतन्त्रताको दिन पाकिस्तानमा पत्रकारको हत्या शनिबार, वैशाख २२, २०८१ वरिष्ठ पत्रकार तथा खुजदार प्रेस क्लबका अध्यक्ष मौलाना सिद्दिकी मेङ्गल आफ्नो कारमा पुग्दा खुजदार सहरको बाहिरी भागमा रहेको चोमरोक चोक नजिकै सडकको छेउमा राखिएको बम विस्फोट भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए।

पाकिस्तानमा बस दुर्घटनाः २० को मृत्यु, २१ घाइते शुक्रबार, वैशाख २१, २०८१ पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन्। प्रहरीका अनुसार शुक्रबार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो।

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा शुक्रबार, वैशाख २१, २०८१ इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध रोकिएको छैन।यसैबीच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै तेलअवीभबाट सबै आयात र निर्यात रोकेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको व्यापार मन्त्रालयले यो घोषणा गरेको हो।

उत्तर कोरियाबाट भागेकी युवतीको सन्सनीपूर्ण खुलासा—किमले मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ चलाउँछन् शुक्रबार, वैशाख २१, २०८१ ‘प्लेजर स्क्वाड’ समूहको काम किम र उनका सहयोगीहरूलाई मनोरञ्जन दिने भएको उनले बताएकी छन्। योन्मीका अनुसार हरेक वर्ष ‘प्लेजर स्क्वाड’ मा २५ कुमारी केटी छनोट हुने गरेको छ। यी महिलालाई हेरचाह र सरकारप्रतिको वफादारीका आधारमा छनोट गरिन्छ। पार्कले आफू पनि दुई पटक यो टोलीमा छनोट भए पनि पारिवारिक अवस्थाका कारण...

आर्थिक संकटबाट गुज्रिरहेको अफगानिस्तानलाई विश्व बैंकले दियो ८४ मिलियन डलर बिहीबार, वैशाख २०, २०८१ अफगानिस्तानले देशमा चलिरहेको मानवीय संकटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको छ।

अबुधाबी र दुबईमा भीषण वर्षा बिहीबार, वैशाख २०, २०८१ युक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी र दुबई शहरहरूमा बिहीबार बिहानै मेघगर्जन, चट्याङसहित भीषण वर्षा भएको छ। एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको गल्फ न्यूजले जनाएको छ।स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम बदली हुने पूर्वानुमान गरेकोमा त्यसअघि नै हुरी र चट्याङ...

सलमानको घर बाहिर गोली हान्ने एक आरोपितले हिरासतमा गरे आत्महत्या बुधबार, वैशाख १९, २०८१ बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक आरोपितले हिरासतमा आत्महत्या गरेका छन्।समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक आरोपितले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पताल लगिएको थियो। जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका छन्।

चीनमा राजमार्ग भासियो, कम्तीमा १९ जनाको मृत्यु बुधबार, वैशाख १९, २०८१ दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए।

भारत निर्वाचनः भाजपाले गर्यो नेपालका पाँच दललाई निम्तो बुधबार, वैशाख १९, २०८१ भारतमा जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहित विभिन्न १० देशका १८ राजनीतिक दलहरुलाई निम्तो दिइएको छ। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहित विभिन्न देशका राजनीतिकहरुलाई निम्ता दिएको हो।

कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु मंगलबार, वैशाख १८, २०८१ उत्तरी कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ सेनाको मृत्यु भएको छ।

पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज मंगलबार, वैशाख १८, २०८१ भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ। उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो।रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ। लाइसेन्स...

इजरायल र हमासबीच युद्धविरामको संकेत मंगलबार, वैशाख १८, २०८१ ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ।हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ।