अबुधाबी र दुबईमा भीषण वर्षा
काठमाडौं— संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी र दुबई शहरहरूमा बिहीबार बिहानै मेघगर्जन, चट्याङसहित भीषण वर्षा भएको छ। एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको गल्फ न्यूजले जनाएको छ।
स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम बदली हुने पूर्वानुमान गरेकोमा त्यसअघि नै हुरी र चट्याङ सहित वर्षा भएको गल्फ न्यूजले जनाएको छ।
यसअघि वैशाख ४ गतेपनि यूएईको अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढी आएको थियाे।
यो पनि पढ्नुहोस
यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु
मध्यराततिरै अबुधाबीको पश्चिममा रहेको अल धाफ्रा र अल सिला क्षेत्रमा भारी वर्षा भएको थियो।
अल अब्याद टापुसहित केही क्षेत्रमा असिना परेको थियो। मोहम्मद बिन जायद सहर र अल शमामेखमा चट्याङ र मेघगर्जनसहित वर्षा भएको थियो।
दुबईको राष्ट्रिय मौसम विभागले नागरिकलाई सुरक्षा सतर्कता अपनाउन भनेको छ।
यो पनि पढ्नुहोस
दुबईमा कसरी भयो अचानक भारी वर्षा, के क्लाउड सीडिङ कारण हो?
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१ ०९:३९