इराकमा टिकटक स्टार फहादको गोली हानी हत्याआइतबार, वैशाख १६, २०८१
चर्चित भारतीय टीभी सिरियल ‘तारक मेहता का उल्टा चस्मा’ का अभिनेता ‘सोडी’ बेपत्ता शनिबार, वैशाख १५, २०८१ उनको खोजीका लागि अलगअलग टोली परिचालन गरिएको प्रहरीको भनाइ छ। प्रहरीले उनको खोजी गर्न सीसीटीभी फुटेज नियालिरहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अब नदीमा कति पानी बग्छ अनुमान गर्न सकिने शनिबार, वैशाख १५, २०८१ नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ। यो अनुसन्धान पृथ्वीको जलचक्र बुझ्न र यसको ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न महत्त्वपूर्ण जानकारी हो।
ताइवानमा ६.१ रेक्टरको भूकम्प शनिबार, वैशाख १५, २०८१ ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ।ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रिक्टर स्केल रहेको उक्त देशको मौसम विभागले जनाएको छ।त्यहाँको प्रशासनले राजधानी ताइपेईका धेरै भवनहरू भूकम्पले हल्लाएको बताएको छ।
राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै शनिबार, वैशाख १५, २०८१ बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा छन्।यस वर्षको सुरुमा उनलाई क्यान्सर भएको पत्ता लागेपछि उनको स्वास्थ्यमा निरन्तर सुधार आएको चिकित्सकहरूले बताएका छन्। बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै राजा चार्ल्स छिट्टै जिम्मेवारीमा फर्किने जानकारी दिएको छ।
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता शुक्रबार, वैशाख १४, २०८१ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। चीनको भ्रमणमा रहेका ब्लिन्कनले शुक्रबार राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन्।भेटपछि ब्लिन्कनले जिनपिङसँग चीनको समर्थन बिना रुसले यस युद्धमा कठिनाइहरूको सामना गर्ने बताएको उल्लेख गरेका छन्।
उत्तर कोरियाका नेता किमले गरे मल्टिपल रकेट लन्चर परीक्षणको निरीक्षण शुक्रबार, वैशाख १४, २०८१ उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका छन्। प्योङयाङले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाइएपछि यो पछिल्लो हतियार परीक्षण गरिएको हो।
विश्वभर खाद्य सुरक्षाको अवस्था बिग्रँदै, २८ करोड २० लाख मानिसमा भोकमरी शुक्रबार, वैशाख १४, २०८१ विश्वभर २८ करोड २० लाख मानिस भोकमरीमा परेको रिपोर्ट सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसङ्घले निकालेको ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार सन् २०२३ मा संसारभर यति मानिसले भोकमरीको सामना गर्नु परेको जनाइएको हो।‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार २०२२ मा २.४ करोडभन्दा बढी मानिसहरूले खाद्यान्नको तीव्र अभावको सामना गर्नुपरेको...
अनलाइन जुवा खेल्न पल्किएका १ हजार युवासहित झण्डै ३ हजार जना पक्राउ बिहीबार, वैशाख १३, २०८१ अनलाइन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा खेलाउनेविरुद्ध अनुसन्धान गरिरहेको प्रहरीले ६ महिनाको अवधिमा १ हजार युवासहित २ हजार ९२५ जनालाई पनि पक्राउ गरेको हो।
स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप, राजनीमा दिने प्रधानमन्त्रीको संकेत बिहीबार, वैशाख १३, २०८१ समाजवादी नेता एवम् स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि आफूले गर्दै आएका सरकारी काम नगर्ने घोषणा गरेका छन्।उनले जिम्मेवारी रहिरहने वा जिम्मेवारीबाट बाहिरिएर छानविनको वातावरण बनाउने भन्नेबारे आगामी सोमबार घोषणा गर्ने उल्लेख गरेका छन्।
संयुक्त राष्ट्र संघद्वारा सन २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन बुधबार, वैशाख १२, २०८१ संयुक्त राष्ट्रसंघले क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ। यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्नका लागि संयुक्त विश्वव्यापी प्रयास हो।
गाजाको अस्पताल परिसरमा दुईसय बढीको शव भेटियो मंगलबार, वैशाख ११, २०८१ इजरायली कब्जापछि गाजाको खान युनिस क्षेत्रको नासेर अस्पतालको आँगनमा फेला परेको सामूहिक चिहानमा दुई सयभन्दा बढी व्यक्तिको शव फेला परेको छ। रिपोर्टका अनुसार नासेर मेडिकल कम्प्लेक्समा भेटिएका केही शवको हात बाँधिएको थियो।
चीनको लागि जासुसी गरेको आरोपमा जर्मन सांसदका सहायक कर्मचारी पक्राउ मंगलबार, वैशाख ११, २०८१ जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ। चिनियाँ मूलका ती जर्मन नागरिकलाई पूर्वी शहर ड्रेसडेनबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ।