सलमानको घर बाहिर गोली हान्ने एक आरोपितले हिरासतमा गरे आत्महत्या
काठमाडौं— बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक आरोपितले हिरासतमा आत्महत्या गरेका छन्।
समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक आरोपितले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पताल लगिएको थियो। जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका छन्।
प्रहरीले सलमान खानको घरबाहिर गोली हान्ने चार जना विक्की गुप्ता, सागर पाल, सोनुकुमार चन्दर बिश्नोई र अनुज थापनलाई पक्राउ गरेको थियो।
प्रहरीले गोली प्रहारका आरोपित बिक्की गुप्ता र सागर पालका साथै यस घटनामा हतियार उपलब्ध गराउने सोनुकुमार चन्द्र बिश्नोई र अनुज थापान र गुण्डा नाइके लरेन्स बिश्नोई र उनका भाइ अनमोल बिश्नोईलाई पनि मुद्दा दायर गरेको थियो।
अदालतले उनीहरूलाई ८ मेसम्म प्रहरी हिरासतमा पठाएको थियो।
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१ २०:२६