भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु
काठमाडौं— भारतमा चट्याङ लागेर कम्तिमा १२ जनाको मृत्यु भएको छ।
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।
पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ प्रहारमा हताहतजन्य घटना भएको बताइएको छ।
अधिकारीहरूले सबै पीडित चट्याङ परेको समयमा घरबाहिर बगैँचा तथा खेतमा काम गरिरहेका अवस्थामा उनीहरुमाथि चट्याङ परेको जनाइएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ १५:२९