राजतन्त्रको अपमान गरेको आरोपमा थाइल्याण्डको हिरासतमा रहेकी अभियन्ताको मृत्यु
काठमाडौं— राजतन्त्रको अपमान गरेको अभियोगमा थाइल्याण्डमा थुनामा रहेकी अभियन्ता नेतिपर्ण सनेसाङ्खोमको मृत्यु भएको छ।
उनी २८ वर्षकी थिइन् र विगत केही महिनादेखि अनशनमा थिइन्।
नेतिपर्ण सानेसाङ्खोमलाई 'थालुबाङ्' भनेर पनि चिनिन्छ। मंगलबार नेतिपर्णको मुटुले अचानक काम गर्न छोडेको अधिकारीहरूले बताएका छन्।
नेतिपर्ण २६ जनवरीदेखि हिरासतमा थिइन्। उनीविरुद्ध सातवटा मुद्दा दर्ता भएका छन्। तीमध्ये दुईवटा घटना राजतन्त्रको अपमानसँग सम्बन्धित थिए।
नेतिपर्णले थाइल्याण्डको न्यायिक प्रणालीमा सुधारको माग गर्दै आएकी थिइन्। उनी हिरासतमा भएदेखि नै आन्दोलनमा थिइन्।
थाइल्याण्ड विश्वका ती देशहरूमध्ये एक हो जहाँ राजतन्त्रको अपमान गर्नेलाई निकै कठोर सजाय दिइन्छ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ ०८:३३