News Griha :: न्यूजगृह
भारतले प्याज निर्यात प्रतिबन्ध हटायो

काठमाडौं— भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो।

भारतले शनिबारबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ।

Prabhu Bank

यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

सरकारी अनुमान अनुसार २०२४ को यस सिजनमा १९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको छ ।

सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २०:२१
Weather Update