News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं— ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ।

ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रिक्टर स्केल रहेको उक्त देशको मौसम विभागले जनाएको छ।

Prabhu Bank

त्यहाँको प्रशासनले राजधानी ताइपेईका धेरै भवनहरू भूकम्पले हल्लाएको बताएको छ।

यद्यपि क्षतिको विवरण भने प्राप्त भएको छैन। भूकम्पको केन्द्रबिन्दु २४.९ किलोमिटर (१५.५ माइल) गहिराइमा रहेको मौसम विभागले जनाएको छ।

यस महिनाको सुरुमा, हुआलियनमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा १७ जनाको मृत्यु भएको थियो। त्यसयता यहाँ एक हजारभन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ११:४९
Weather Update