News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीले आज माइतीघरमा थाल ठटाउने
विद्यालय कर्मचारीले आज माइतीघरमा थाल ठटाउने नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सरकारलाई दबाब स्वरूप आज काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाउने कार्यक्रमको आयोजना गरेको छ ।
आइतबार तपाईंको राशिफल हेर्नुहोस्
आइतबार तपाईंको राशिफल हेर्नुहोस् २८ जेठ २०८०, आइतबार । असार कृष्ण अष्टमी तिथि । पञ्चाङ्ग प्रीति कौलव पूर्वभाद्र । तपाईंको राशिफल यस्तो छ ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान तिब्बतको ल्हासामा आगामी १ देखि २ असारसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन अध्यक्ष तिमिल्सिना नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन जान लागेका हुन् । 
पाल्पामा एक हजार २२ बोरा अवैध युरिया मल बरामद
पाल्पामा एक हजार २२ बोरा अवैध युरिया मल बरामद रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समिति र प्रहरीले शनिबार दिउँसो अनुगमन गर्ने क्रममा मल फेला पारेको हो ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीद्वारा लिखित 'आधुनिक युगको लोकतन्त्र' को लोकार्पण 
एमाले उपाध्यक्ष युवराज ज्ञवालीद्वारा लिखित 'आधुनिक युगको लोकतन्त्र' को लोकार्पण  शनिबार काठमाडौंमा कार्यक्रम गर्दै पुस्तकको लोकार्पण गरिएको हो । लेखक ज्ञवालीले लोकतन्त्रका नाममा भएका गलत आचरण र भ्रष्ट कार्य शैलीले यो पुस्तक लेख्न बढी घच्घच्याएको बताए । 
कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छ : उपमेयर डङ्गोल
कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छ : उपमेयर डङ्गोल उनले कलाकृति, संस्कृति बाँच्नेमात्रै देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित बनाउने कुरामा लाग्न आग्रह गरिन् ।डङ्गोलले पहिचान जीवित बनाउनको लागि सबै पुस्ता मिलेर काम गर्नुपर्ने बताइन् । उपमेयर डङ्गोलले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताइन् । 
गीत-सङ्गीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्नेछुः प्रधानमन्त्री दाहाल
गीत-सङ्गीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्नेछुः प्रधानमन्त्री दाहाल अन्तराष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सङ्गीत क्षेत्रको प्रवर्द्धनमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।
विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार
विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार कोलम्बियाको राष्ट्रिय सेनाले चालीस दिनअघि सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चार जना बालबालिकाको जीवितै उद्धार गरेको छ ।
बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति
बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलर बराबरको नोक्सान गरेको बताएका छन् । 
सुनकोशीमा बेपत्ता सीटीईभीटी कर्मचारीको शव फेला
सुनकोशीमा बेपत्ता सीटीईभीटी कर्मचारीको शव फेला शनिबार बिहान यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। योजना महाशाखा निर्देशक भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर टाढा उदयपुरको ताप्ली गाउँपालिका- ५ स्थित सुनकोशी नदी किनारमा फेला परेको हो।
नाम्चे बजारमा १२ वर्षयताकै उच्च तापमान, १३ डिग्री सेल्सियस पुग्यो 
नाम्चे बजारमा १२ वर्षयताकै उच्च तापमान, १३ डिग्री सेल्सियस पुग्यो  समुद्री सतहबाट ३ हजार ४ सय मिटरको उचाइमा रहेको नाम्चे बजारमा शनिबारको तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो ।
गर्मी बढेपछि गोरखाका विद्यालय बन्द
गर्मी बढेपछि गोरखाका विद्यालय बन्द गर्मी अत्यधिक बढेपछि गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सबै विद्यालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसक्ने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
Weather Update