News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीले आज माइतीघरमा थाल ठटाउने

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सरकारलाई दबाब स्वरूप आज काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाउने कार्यक्रमको आयोजना गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले माग पूरा नगरेको भन्दै परिषद्को अगुवाइमा देशभरका विद्यालय कर्मचारीहरू आन्दोलित छन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत नै परिषद्ले आज काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाउने कार्यक्रम आयोजना गरेको हो ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले भने,‘सरकारलाई दबाब दिनका लागि हामीले आज थाल ठटाउने कार्यक्रमको आयोजना गरेका छौं । नयाँ बानेश्वरदेखि थाल ठटाउँदै माइतीघर मण्डलामा पुगेर कोण सभा गर्नेछौं ।’

अध्यक्ष तिवारीले कोण सभालाई सम्बोधनका लागि विभिन्न पार्टीका नेताहरूलाई पनि आमन्त्रण गरिएको जानकारी दिए ।

उनले सबैलाई उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०५:५९
Weather Update