News Griha :: न्यूजगृह
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान

काठमाडौं—  राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि शनिबार राति चीन जाँदैछन्।

तिब्बतको ल्हासामा आगामी १ देखि २ असारसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन अध्यक्ष तिमिल्सिना नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन जान लागेका हुन् । 

अध्यक्ष तिमिल्सिना प्रदर्शनीमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै छन् । उनी नेतृत्वको टोलीमा प्रतिनिधि सभा सदस्य जीवन परियार, धवलशम्शेर जबरा, प्रदीप यादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिराम चौधरी सहभागी छन् । 

बेइजिङमा अध्यक्ष तिमिल्सिनाले चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी र चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । 

उक्त टोली ६ असारमा फर्कने छ ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  २१:४३
Weather Update