News Griha :: न्यूजगृह
सुनकोशीमा बेपत्ता सीटीईभीटी कर्मचारीको शव फेला

काठमाडौं—  सुनकोशीमा बेपत्ता सीटीईभीटी कर्मचारीको शव फेला परेको छ।

शनिबार बिहान यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। योजना महाशाखा निर्देशक भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर टाढा उदयपुरको ताप्ली गाउँपालिका- ५ स्थित सुनकोशी नदी किनारमा फेला परेको हो।

१९ जेठमा सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ मा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो।

उक्त दुर्घटनामा परेर मृत्यु भएका दुई जना कर्मचारीको शव २३ जेठमा फेला परिसकेको थियो। सीटीईभीटी महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव फेला परेको हो ।

चालक पौडी खेलेर आफ्नो ज्यान बचाउन सफल भएका थिए। 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १५:२३
Weather Update