एमाले उपाध्यक्ष युवराज ज्ञवालीद्वारा लिखित 'आधुनिक युगको लोकतन्त्र' को लोकार्पण
काठमाडौं— नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीको राजनीतिक दर्शनमा आधारित पुस्तक ‘आधुनिक युगको लोकतन्त्र’ बजारमा आएको छ ।
शनिबार काठमाडौंमा कार्यक्रम गर्दै पुस्तकको लोकार्पण गरिएको हो । लेखक ज्ञवालीले लोकतन्त्रका नाममा भएका गलत आचरण र भ्रष्ट कार्य शैलीले यो पुस्तक लेख्न बढी घच्घच्याएको बताए ।
यस पुस्तकले लोकतन्त्रमा देखिएका समस्याको उठान मात्र गरेको छैन, ’लोकतन्त्रका समस्याको समाधान पनि यसै पुस्तकभित्र दिइएको छ । संसारका विभिन्न मुलुकमा भएका लोकतन्त्रको प्रयोग सुधारका प्रयासहरू र सफलताका सुत्रहरुसमेत भएकाले विश्वलाई निहाल्नसकिने गरी उनले यो पुस्तक लेखेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८० २०:३९