
राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध प्रदर्शन गर्दै शनिबार, साउन २०, २०८० युवा संघले शनिबार अपरान्ह ४ बजे काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको हो । सुन तस्करी, सहकारी पीडितको माग, लम्पी स्किन रोगको नियन्त्रण, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन युवा संघले प्रदर्शन गर्न लागेको हो ।

निर्वाचित भएको पाँच महिनापछि निजी निवास पुगे राष्ट्रपति शनिबार, साउन २०, २०८० निर्वाचित भएको पाँच महिनापछि राष्ट्रपति रामचन्द्र पौडेल निजी निवास बोहोराटार पुगेका छन् । उनी शनिबार बिहान निजी निवास पुगेका हुन् ।

महोत्तरीलाई सुक्खा क्षेत्र घोषणा गर्न सरकारसँग माग शनिबार, साउन २०, २०८० जिल्लाभित्र यसपालि साउन तेस्रो साता बित्दै गर्दासम्म १५ वटै स्थानीय तहको रोपाइँको अवस्था सालाखाला हिसाब गरिँदा २० दशमलव ४० प्रतिशतमात्र भएको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्यांक छ ।

मल कालो बजारी गर्ने पसलमा प्रशासनको छापापछि सिलबन्दी शनिबार, साउन २०, २०८० जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर बिक्री गर्ने पसलहरूमा छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ ।

स्याङ्जामा जीप दुर्घटना हुँदा १२ जना घाइते शनिबार, साउन २०, २०८० स्याङ्जाको भीरकोट नगरपालिका–६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा जीप दुर्घटना भएको छ ।

बाग्मती प्रदेशको सामुदायिक विद्यालयमा कमाउँदै, सिक्दै कार्यक्रम लागू गरिने शनिबार, साउन २०, २०८०

मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना शनिबार, साउन २०, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

त्रिविले स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवैमा सोध्ने शुक्रबार, साउन १९, २०८० त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ ।

गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह शुक्रबार, साउन १९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई वार्ताका लागि बोलाएका छन् ।

उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश शुक्रबार, साउन १९, २०८० निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

आँखा पाक्ने समस्या देखिएपछि चितवनमा दुई दिन विद्यालय बन्द शुक्रबार, साउन १९, २०८० विद्यालय आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द गरिएको हो ।

चामल, दाल र चिनीको आयात घट्यो शुक्रबार, साउन १९, २०८० वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार थापाले चामल आयातमा कमी भएको बताएका छन् ।








