चामल, दाल र चिनीको आयात घट्यो

काठमाडौं— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार थापाले चामल आयातमा कमी भएको बताएका छन् ।
शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक थापाले आयात कम भएको बताएका हुन् ।
उनी भन्छन्,‘७७/७८ मा ५ लाख ४६ हजार ८ सय ७७ मेट्रिक टन आयात भएको थियो तर ७९/८० मा जम्मा २ लाख २५ हजार मेट्रिक टन मात्र चामल आयात भएको छ । जसले गर्दा माग सप्लाईमा केही कमी भएको जस्तो छ । आयात कम भएको हो ।’
महानिर्देशक थापाले आयात कम भएकोबारे कृषि विज्ञहरुसँग बुझ्ने क्रमममा गत वर्ष बढी धान उत्पादन भएको खुल्न आएको बताए । त्यस्तै दाल र चिनीको आयातमा पनि प्रत्येक वर्ष उल्लेख्यरुपमा कमी आएको उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० १८:२६