स्याङ्जामा जीप दुर्घटना हुँदा १२ जना घाइते

काठमाडौं— स्याङ्जाको भीरकोट नगरपालिका–६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा जीप दुर्घटना भएको छ । सो दुर्घटनामा १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार शुक्रबार साँझ बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जीप उकालो बाटोमा ब्याक हुन गई पल्टिँदा चालकसहित १२ जना घाइते भएका हुन् ।
घाइतेहरूको गण्डकी अस्पताल पोखरा र कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, साउन २०, २०८० ०८:२९













